फ्रि फायर जत्तिकै भो सरकारलाई पेट्रोलियमको खेलो : अघिल्लो महिना घटाए जस्तो गरेको एलपी ग्यास अहिले ह्वात्तै बढ्यो

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल न्युज डेक्स

इटहरी । युवाहरुले मोबाइलमा फ्रि फायर गेम खेले जत्तिकै ठानेर सरकारले सके महिनामा २ पटक नसकेपनि एक पटक पेट्रोलियम पदार्थको मूल्य बढाएर जनतालाई महँगी उपहार दिइरहेको छ । आर्थिक मन्दीका कारण जनताको चुल्होमा आगो बल्न छाडेको सरकारलाई के पत्तो, महँगी थपिदिए पुग्ने भो । गएराति देखि लागु हुने हुने अघिल्लो महिना अलिकति घटाएको एलपी ग्याँसको मूल्य अहिले २ सय ३५ रुपैयाँ प्रति सिलिण्डर बढाईदिएको छ । त्यसो त एलपी ग्याँस मात्र नभएर पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन रुपैयाँ बढेको नेपाल आयल निगमले जनाएको छ । 

निगमले मूल्य वृद्धि बिहीबार मध्यरातिदेखि नै लागू हुने जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमको रटान कायमै छ । केही महिना अगाडि अरबौं नाफामा गएको भनिएको आयल नियमले किन यसरी भारतबाट सामान्य बढेर आउँदा पनि नेपालीको दैनिकी नहेरी मूल्य बढाउँछ र सरकार मुकदर्शक बन्छ यसको जवाफ कोहीसँग छैन । 

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर रु तीन दशमलव १७ र रु दुई दशमलव ४८ तथा एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर रु एक सय ८६ दशमलव ४५ ले वृद्धि भएर आएको छ ।

सामान्य मूल्य बृद्धि हुँदा सडकमा आगो बाल्ने राजनीतिक दलका भातृ संघसंगठनहरु पनि जनताको अवस्था जर्जर हुँदा पनि कोही बोल्न सकेका छैनन्, तै चुप, मै चुप गरेर उनीहरु पनि आयल निगमको मतियारको रुपमा दौडिरहेका छन् । 


खगेन्द्र कार्की
प्रतिक्रिया