फाष्ट मिडिया नेपाल न्युज डेक्स
इटहरी । नेपाली समाज दिन दिनै बिग्रदै गईरहेको छ । बालिकादेखि बृद्धसम्म, सवालाङ्गदेखि अपाङ्गसम्म, रातो साडीदेखि सेतो साडीसम्म, कालोदेखि गोरोसम्म कुनैले नछेक्ने यौन पिपासुको गिद्दे नजरले समाजको इज्जत, मानप्रतिष्ठा सबै गुम्दै गईरहेको छ । बलात्कारका धेरै घटना सुनिए पनि नगन्य रुपमा देखि बृद्ध बलात्कार घटना दाङमा घट्न पुगेको छ । उपचारका लागि अस्पताल आएकी ७३ वर्षकी बृद्ध आमामाथि ति यौन पिपासुहरुले सामुहिक बलात्कार गरेको घटना सुन्दा नै कति नरमाइलो लाग्छ । तर भयो यस्तै । दाङको तुलसीपुरस्थित नयाँ बसपार्कमा एक वृद्धामाथि बसभित्रै सामुहिक बलात्कार भएको छ । गए राति करिब १२ः३० बजे पार्किङ गरिएको ना। ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी एक ७३ वर्षीया वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिए ।
बलात्कारमा संलग्न तुलसीपुर–१५ का पुष्कर रोका र सल्यानको कुमाख–७ का रेशम विकलाई इप्रका र बसपार्क चौकीका प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको मल्लले बताए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो