कोशी प्रदेश राज्यमन्त्री थापा गृह जिल्ला धनकुटामा, कांग्रेसद्वारा स्वागत

फाष्ट मिडिया नेपाल संवाददाता

धनकुटा  । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना राज्यमन्त्री ईन्दिरा थापा गृह जिल्ला धनकुटा पुगेकी छन् । नेपाली कांग्रेस धनकुटाले राज्यमन्त्री थापाको  स्वागतसहित बधाई ज्ञापन गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका पूर्व क्षेत्रिय सभापति समेत रहनु राज्यमन्त्री थापा मन्त्री भएपछि पहिलो पटक शनिबार गृह जिल्ला धनकुटा पुगेकी हुन् । गरिमामय पद राज्यमन्त्रीमा नियुक्त भई पहिलो पटक गृह जिल्ला प्रवेश गरेकी थापालाई नेपाली कंग्रेस धनकुटाले पार्टी कार्यालयमा स्वागत गर्दै बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले बताए । 

सो अवसरमा  राज्यमन्त्री थापाले बधाई ग्रहण गर्दै धनकुटाको विकास र समृद्धीको लागि आफुले पहिलो प्राथमिकता दिने र धनकुटेली जनताले देख्ने र थाहा पाउन र सम्झिरहने खालको विशेष योजनाहरु संचालन गरी धनकुटाको विकास गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

नेपाली कांग्रेस धनकुटाका उपसभापति सुनिल कुमार डंगोलको अध्यक्षतमा सम्पन्न भएको बधाई तथा शुभकामना कार्यक्रममा महासमिति सदस्य आनन्द सन्तोषी राईले धनकुटा जिल्लाको तर्फबाट बधाई  ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिए । राईले धनकुटालाई पुर्नरजिवित पार्ने खालको विशेष योजना ल्याएर धनकुटाको गौरव र अस्तित्व कायम गर्न आग्रह समेत गरे । सो कार्यक्रमलाई धनकुटा नगरसभापति नरेश श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । 

सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता वराईली राई, नेपाली कांग्रेस धनकुटा जिल्ला सदस्यहरु रोशेष श्रेष्ठ, पुरेन्द्रलाल श्रेष्ठ, विन्दकान्त घिमिरे, क्षेत्रिय उपसभापति मिलन खड्गी, नगर उपसभापति अभिषेक कर्माचार्य, वडाध्यक्षहरु वडा नं. ५ धन कुमार राई, नगेन्द्र पाण्डे, कार्यपालिका सदस्यहरु कृष्णमाया श्रेष्ठ, मञ्जु कार्की, दिल कुमार राई, नेपाल तरुण दलका केन्द्रिय सदस्य युवराज पराजुली, नगर अध्यक्ष महेन्द्र राई, नेपाल टे«ड युनियन कांग्रेस धनकुटाका वरिष्ठ उपाध्यक्ष दामोदर सुवेखी, सांस्कृतिक महासंघ धनकुटाका अध्यक्ष कृष्ण गोविन्द चेम्जोग, लोकतन्त्रवादी जनजाती महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, नेपाली कांग्रेस वडा न.. २ का वडा सभापति राज कुमार राई, वडा नं. ४ का वडा सभापति हरी तिम्सिना, वडा नं. १० का वडा सभापति अमर खनाल, वडा नं. ७ का उपसभापति रोशन अमात्य, वडा सचिव उर्गेन शाक्य, नेपाल पत्रकार महासंघ धनकुटका सचिव हरी वहादुर लम्जेल, नेपाल प्रेस युनियनका प्रदेश कोषाध्यक्ष कविराज घिमिरे, विकास घिमिरे, गायक तथा पत्रकार गौरव नारायण राई, प्रेस सेन्टरका सचिव विपिन दाहाल,  लगायतले राज्य मन्त्री थापालाई खादा मालाले बधाई दिँदै सफल कार्यकालको लागि शुभ कामना दिएका थिए ।

   यसैगरी गायक तथा पत्रकार गौरव नारायण राई, निर्वाचित वडा सदस्यहरु टिका श्रेष्ठ, केदार श्रेष्ठ, दुर्गा शिवा, चन्द्रमाया दर्जी, महिला नेताहरु विष्णु तामाग, नेपाली कांग्रेसका सदस्यहरु, गोविन्द्र मैनाली, विर वहादुर राई, देवेन्द्र चाम्लिग, टंक राना, स्वार्थानी चौधरी, योगेन्द्र सुवेदी, लक्ष्मण खड्का, भैरव पाचकोटी, नेपाल विद्यार्थी संघ धनकुटाका जिल्ला सचिव युवराज घिमिरे,  सदस्य कमल याक्खा, सहिद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटाका अध्यक्ष इश्वर अकेला, नेपाल महिला संघ धनकुटा वडा नं. ७ का उपाध्यक्ष सिता दाहाल लगायतले  राज्यमन्त्री थापालाई माला खादाले बधाईसहित सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।

सोही अवसरको सदुपयोग गर्दै राज्यमन्त्री थापाले धनकुटाको सहिद भीम नाराण श्रेष्ठको सालिकमा माल्यापर्ण गरी सम्मान प्रकट गरेकी थिईन् । सहिद श्रेष्ठको घरमा पुगेर उनकी पत्नीसहित सहिद परिवारसँग भेटघाट समेत गरेकी थिइन् । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया