कक्षा १२ को नतिजा राष्ट्रिय परिक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको छ । बोर्डले निकालेको सो तथ्याङ्कलाई हेर्दा झण्डै आधा विद्यार्थी फेल भएका अर्थात ननग्रेडेड भएका छन् । पुरानो एसएलसी हटाएर त्यो स्तरलाई कक्षा १२ मा सारेर गे्रडिङ प्रणालीको विकास गरिएको थियो । ग्रेििडङ प्रणालीमा कुनै विद्यार्थी फेल नहुने भनिए पनि त्यही एसएलसीको झल्को दिने गरी कक्षा १२ को नतिजा आउनु दुःखद बनेको छ । यो निरासाजनक नतिजाले विद्यार्थीमा निरासा मात्र छाएको छैन शिक्षा प्रति नै वितृष्णा पैदा गरिदिएको छ । शिक्षाको यस्तो कहालीलाग्दो अवस्थामा अर्कोतिर देशभरका शिक्षकहरु आन्दोलित छन् । उनीहरुको माग भनेकै सेवा सुविधालाई ऐनले नसमेटेको भन्ने रहेको छ तथापि उनीहरुले सेवा सुविधामात्र लिएर जाँदा आन्दोलन फेल हुने डरले सार्वजनिक विद्यालयको स्तरोन्नतिलाई समेत जोडेको देखिन्छ । शिक्षाको विद्यार्थीप्रतिको दायित्व र उनीहरुको उज्जवल भविष्य बनाउनेतर्फ बन्ने र बनाउने अनि हरेक वर्ष अरबौं रकम शिक्षाको नाममा बाहिर जाने मात्र नभएर युरोपियन देशहरुमा गएका विद्यार्थीहरु पलायन हुने अवस्थाको अन्त्य सो ऐनले गरेको छ कि छैन त्यसतर्फ ध्यान केन्द्रीत हुन आवश्यक देखिन्छ ।
नेपाल शिक्षक महासङ्घद्वारा घोषित संघीय शिक्षा ऐनको विरोध कार्यक्रम अन्तर्गत मंगलबार शिक्षा कार्यालयमा धर्ना दिएका छन् । चर्चामा आएको शिक्षा ऐनको विरोधमा देशैभरका शिक्षक संघ, संगठन आन्दोलनमा उत्रिएसँगै नेपाल शिक्षक महासंघले नै आन्दोलनको सुरुआत गरिसकेको छ । शिक्षक संघ, संगठनको साझा संस्था नेपाल शिक्षक महासंघको आयोजनामा दवाव दिन धर्नालगायतका कार्यक्रममा शिक्षकहरु उत्रिएका छन् । विभिन्न जिल्लाहरुमा ज्ञापन बुझाउँदै विरोधका कार्यक्रमहरु भईरहेका छन् । सरकारले ल्याउन लागेको शिक्षा ऐनमा शिक्षकका सेवा सुविधा, सार्वजनिक विद्यालयको स्तरोन्नतिलगायत सरकारसँग पटकपटक भएका सम्झौता नसमेटिएको आन्दोलनकारीहरुको माग रहेको छ ।
शिक्षक संघ, संगठनसँग पटकपटक सरकारले गरेका सम्झौताका बुँदाहरू शिक्षा ऐनको ड्राफ्टमा समावेश नभएर प्रतिनिधिसभामा लैजान खोजेपछि आन्दोलनमा उत्रिनु परेको नेपाल राष्ट्रिय शिक्षक संगठनले जनाएको छ । ऐनमा शिक्षकको सेवा सुविधामात्रै नभइ विद्यालयको स्तरोन्नति गर्ने मुद्दासमेत समावेश नभएको कारण आन्दोलित होमिएको उनीहरुको जिकिर रहेको छ ।
गुणस्तरीय शिक्षाको अभावमा एसईई सकेपछि विद्यार्थीहरु विदेश पलायन भईरहेको सन्दर्भलाई आन्दोलनको रुपमा लिनुपर्नेमा शिक्षकहरुले सेवा, सुविधा नै पुगेन भन्नु अति सान्दर्भिक होला । यो आन्दोलनको पहिलो प्राथमिकता विद्यार्थीको भविष्य उज्जवल बनाउने र देशभित्र रोजीरोटी गर्ने कसरी बनाउने भन्ने हुनुपर्नेमा त्यस्तो देखिएको छैन । चाहि निजीबाट अध्ययन गरेका हुन वा सार्वजनिक दुवै तर्फबाट विद्यार्थीको एउटै लक्ष्य एसईई सकेपछि विदेश जाने नै रहेको हुन्छ । त्यो अवस्थालाई रोक्न शिक्षकहरुको पहलकदमी चाहि कहिले होला भन्ने चासो र चिन्ता पनि त्यतिकै बढेको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो