सदस्यका परिवारमा परेको दुःखमा सान्त्वना दिँदै धनकुटा उद्योग बाणिज्य संघ, श्रद्धाञ्जली कार्यक्रमसहित समवेदनापत्र हस्तान्तरण

फाष्ट मिडिया नेपाल संवाददाता

धनकुटा । धनकुटा उद्योग बाणिज्य संघले धनकुटामा श्रद्धाञ्जली कार्यक्रम गरी समवेदना पत्र बुझाएको छ ।

धनकुटा उद्योग बाणिज्य संघका विशिष्ट सदस्य तथा पूर्व कोषाध्यष शेलेसमान श्रेष्ठ  आमा  तथा रजनी श्रेष्ठका सासुआमा कुसुम श्रेष्ठ र व्यावसायीहरु तथा धनकुटा उद्योग बाणिज्य संघका सदस्यहरु राम वहादुर श्रेष्ठ, गैरीमान श्रेष्ठ, महोन कुमार श्रेष्ठका आमा तथा गणेश श्रेष्ठका हजुरआमा मनमाया श्रेष्ठको हालै निधन भएकोमा धनकुटा उद्योग बाणिज्य संघले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी परिवारजनमा समवेदना बुझाएको हो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, निर्वतमान अध्यक्ष उमेश घिमिरे, वरिष्ठ उपाध्यक्ष मन कुमारी (तारा)तितुङ्ग, पूर्व अध्यक्ष लालचन्द्र गोङ्गवा,उपाध्यक्ष खगेन्द्र विष्ट, महिला उपाध्यक्ष निर्मला राई श्रेष्ठ, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु डिजेश शाक्य, सुनिता थापा लगायतले स्वर्गीय आमाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा सान्त्वनासहित शोकलाई शक्तिमा बदल्ने शक्ति प्राप्तीको कामना समेत गरेका छन् । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया