फाष्ट मिडिया नेपाल संवाददाता
काठमाडौं । बझाङ केन्द्रविन्दु भएर ८ वर्षपछि ठूला दुई भुकम्प गएको छ । आधा घण्टाको फरकमा गएको सो भुकम्प आज अपराह्न ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युटको भूकम्प गएको छ। त्यस लगत्तै फेरी २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का महसुस भएसँगै स्थानीय बासिन्दा घरबाहिर निस्किएका छन् ।
भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । बझाङ जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको जानकारी आए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ । यसअघि मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङकै तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । पटक–पटक परकम्प गइरहेको हुनाले अहिले स्थानीय बासिन्दा घरबाहिर खुला चौरमा बसिरहेका छन् । भूकम्पको धक्का छिमेकी प्रदेश र भारतको दिल्लीसम्म पनि महसुस भएको जनाइएको छ । यस अघि २०७२ वैशाख १२ मा गएको ठूलो भुकम्पले नेपालमा ठूलो क्षति पु¥याएको थियो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो