झापाको केचनादेखी सगरमाथासम्म पदयात्रामा कांग्रेस निस्कने थापाको उद्घोष

फाष्ट मिडिया नेपाल संवाददाता

धनकुटा ।  ओखलढुंगाबाट खोटाङ, भोजपुर हुदै धनकुटा आएका  कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेसका प्रदेश सभापति माननीय उद्धव थापाले बिहीबार धनकुटामा  भेटघाट गर्दै नेपाली कांग्रेसले अव झापाको केचनाबाट सगरमाथा सम्मको पद यात्रा संचालन गर्ने बताए ।

कोशी प्रदेशका पूर्व मुख्य मन्त्री तथा नेपाली कांग्रेसका प्रदेश सभापति       उद्धव थापाले केही महिना भित्रनै नेपालको सवैभन्दा होचो भुभाग झापाको केचना देखी शुरु गरेर विश्वको सवैभन्दा अग्लो सगरमाथाको वेश क्याप्प सम्मको पद यात्रा गरेर पार्टी संगठन विस्तार गर्दै यस प्रदेशको विकास र समृद्धीका लागी अध्ययन अवलोकनका साथ छलफल अन्र्तक्रिया गर्ने बताए । प्रदेश सभापति थापाले अव कोशी प्रदेशमा कांग्रेसले नेता कार्यकर्ताहरुको उचित मुल्याकन गर्दै जिम्मेवारी पनि प्रदान गर्दै नया ढंगबाट पार्टी संचालन गर्ने बताए ।

सो अवसरमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रर्व प्रदेश मन्त्री प्रदिप सुनुवारले मुलुकमा समस्या नेपाली कांग्रेसले मात्र समाधान गर्न सक्ने बताए ।    धनकुटाका जिल्ला सभापति दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई, नगर उपसभापति अभिषेक कर्माचार्य लगायतले नेपाली कांग्रेसलाई अव यूवाहरुको भावना अनुरुप अगाडी बढाउनु पर्नेमा जोड दिदै  पार्टी संगठनका लागी  विभिन्न सुझावहरु दिएका थिए ।

नेपाली कांग्रेस प्रदेश कार्यालय विराटनगरका मुख्य सचिव नारायण कोईराला, नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्यहरु अर्चना लुईटेल, मिरा कटुवाल, ओखलढुंगाका यूवा नेता सन्तोष दाहाल, इन्जिनियर शेखर चापागाई लगायतका नेताहरुको उक्त टोलीमा सहभागीता रहेको थियो ।

 सो अवसरमा नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्यहरु अर्चना लुईटेल, मिरा कटुवालसंग स्वतन्त्र विद्यार्थी यूनियन धनकुटा वहुमुखी क्याम्पसका सचिव सुवास खनाल, नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पस ईकाई समितिका कार्यवहाक अध्यक्ष रञ्जन कार्की, सदस्यहरु मिलन बुढाथोकी सुजन भण्डारी, भुवन कार्की लगायतका  विद्यार्थीहरुले सो अवसरमा भेटघाट गरी विद्यार्थीहरुको समस्या र समाधान विषयसहित नेविसंघको संगठनको वारेमा समेत छलफल गरेका थिए । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया