लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूमा नागरिकता प्राप्त गर्न भोगीरहेको चुनौती र समस्या निराकरण सम्बन्धी इटहरीमा छलफल

सुप्रिया राई

सुनसरी । सिमान्तकृत लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूमा नागरिकता प्राप्त गर्न भोगीरहेको चुनौती र समस्यालाई निराकरण गर्ने विषयमा इटहरीमा छलफल भएको छ ।

लैङ्गिक सीमान्तकृत, अल्पसंख्यक, ट्रान्सजेन्डर व्यक्तिहरुले आफ्नो नागरिकताको नाम र लिङ्गको महल परिवर्तन गर्नको लागी सल्यकृयाको प्रमाण पत्र मागिरहेको छ भने त्यो मानव अधिकार सिदान्तको विपरीत भएको वीडिएसकी शिक्षा निर्देशक मनिसा ढकालले बताएकी छन् । उनले नागरिकता लिनको लागी दुइ वर्ष बढी समय सम्म कुर्नु पर्ने र सल्यकृयाको प्रमाणपत्र बुझाएर विर हस्पिटलमा नाङ्गिनु पर्ने साथै गृहमन्त्रालयको लामो प्रक्रिया, क्यावीनेटमा बस्नु पर्ने हुनाले यो धेरै ठुलो चुनौतीको विषय बनिरहेको समेत गुनासो गरेकी छन् ।

त्यसैगरी मानव कल्याणसमाज इटहरीका प्रमुख देवानन्द चौधरीले कार्यक्रममा बोल्दै सिप, कला, रोजगार नभएको कारण अल्पसंख्यक समुदायका व्यक्तीहरु रोडमा आउन बाध्य भएको, तर स्थानीय सरकारले नीती र विधि बनाउने समयमा यो समुदायको समस्याहरुलाई समावेस गरी दिए यो समुदायको विकास र सुधार हुने बताए ।

कर्य कार्यक्रममा विडिएस शिक्षा निर्देशक मनिसा ढकाल, विडिएस अध्यक्ष पीङकी गुरुङ, कार्यक्रम प्रवन्धक भुमिका श्रेष्ठ, कार्यक्रम अधिकृत सुदीप गौतम, राष्ट्रीय संयोजक सीम्रन सेरचन, परीयोजना निर्देशक सञ्जय श्रेष्ठ लगायत स्थानीय सरकारका प्रतिनीधीहरुको सहभागीता रहेको थिया ।

सुप्रिया राई
प्रतिक्रिया