फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । विश्वकै आकर्षक केन्द्र बनेको अमेरिका त्यति सजिलो छैन जति सजिलो पठाईदिने वहानामा रकम असुलिन्छ । गैर नागगरिक नक्कली भुटानी शरणार्थी बनाएर पठाउनेहरुमा वडाअध्यक्षदेखि हाइप्रोफाइल उपप्रधानमन्त्री, गृहमन्त्रीलगायतको ओहोदाधारीहरु पक्राउ परिरहेका बेला सिधै अमेरिका पठाइदिने वहानामा रकम असुल्नेहरु पनि कम छैनन । यस्तै प्रलोभनमा पारेर रकम असुल्ने काठमाडौंका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका–१५ बस्दै आएका ५६ वर्षीय ओम शाक्यलाई पक्राउ गरेको हो । पासाङ्ग ल्हामु शेर्पालाई अमेरिका पठाइदिने भन्दै उनले १५ लाख लिएका थिए । आकर्षक रोजगारीको प्रलोभनमा पारेर शाक्यले शेर्पासँग १५ लाख लिएको पीडितको भनाइ छ ।
पीडित शेर्पाले वैदेशिक रोजगार विभागमा दिएको उजुरीका आधारमा शाक्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका शाक्यलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको जनाइएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो