सुनसरी। इटहरी ४ स्थित सेतो बंगला एकेडेमीले शुक्रबार मतदान अर्थात् चुनाव सम्पन्न गरेको छ। विद्यालयमा कक्षा प्रतिनिधि साथै विभिन्न हाउस प्रतिनिधि चुन्न सेतो बंगला एकेडेमीले चुनाव आयोजना गरेको हो।
विभिन्न समयमा सामाजिक तथा शैक्षिक गतिविधिलाई निरन्तर समाज सँग जोड्न प्रयत्न राखेको सेतो बंगला एकेडेमीले हाल निर्वाचनका माध्यमबाट विद्यार्थीलाई विद्यालयको हितका निमित्व विद्यार्थी प्रतिनिधि चुन्न यो अभ्यास गरेको यसै विद्यालय अध्यनरत विद्यार्थी उषा सुवेदीले जानकारी दिएकी छन्। यो चुनाव विशेष गरी विद्यार्थीले विद्यार्थीहरुको नेतृत्व गर्दै उनिहरूका हक हित साथै समस्या समाधानमा प्रशासन सँग जोडिने गरी काम गर्ने उनी बताउँछिन्। उनले भविष्यमा समाज तथा सामाजिक नेतृत्व गर्न सक्ने प्रतिनिधिलाई चुन्न यो अभ्यास महत्वपूर्ण रहेको बताएकी छिन।
यस्तै विद्यालयकी प्रधााध्यापक कविता लम्सालले प्रजातान्त्रिक अभ्यासलाई महत्त्व दिँदै विद्यार्थीलाई विद्यार्थी जीवनमै मतदान प्रक्रियामा समावेश गराउने र प्रतिनिधी चुन्ने विषयमा सही असल र कर्मशील नेतृत्व चुन्ने शिक्षण गरिएको जानकारी दिएको छन्। लम्सालले प्रतिनिधि विद्यार्थीले विद्यालयमा भएका विभिन्न गतिविधि साथै शिक्षण सुधार तथा आवश्यक पर्ने विद्यालय गतिविधिमा सल्लाह सुझाव तथा प्रतिनिधित्व काम गर्ने बताएकी छन्।
दयाराम कटेल
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो