रास्वपाले सुरु गर्यो दबाब अभियान

फाष्ट मिडिया नेपाल संवाददाता

मोरङ्ग। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिन्धुपाल्चोकबाट देशभरका २१ आयोजनामा रास्वपाको दबाब अभियान शुभारम्भ गरेका छन् ।

अभियानको पहिलो दिन मेलम्ची खानेपानी आयोजना प्रभावित स्थानीय बासिन्दाको माग सम्बोधन गर्दै स्थायी रुपमा खानेपानी काठमाडौँ लैजान दबाबमूलक पदयात्राका लागि पार्टीको सम्पूर्ण टिमसहित लामिछानेले मेलम्चीबाट अभियान सुरुवात गरेका हुन् । पार्टीले सांसद सोभिता गौतमको संयोजकत्वमा आज मेलम्ची बजारदेखि खानेपानी मुहान अम्बाथानसम्म पदयात्रा गरेको हो ।

पार्टीले अभियानकै रुपमा देशका सात वटै प्रदेशमा तीन/तीन वटा राष्ट्रिय महत्वका योजनामा दबाबमूलक कार्यक्रम तय गरेको छ । अभियानको सुरुवातमा पार्टीले २१ वटै आयोजनाको दबाब ब्यानर सम्बन्धित केन्द्रीय सदस्य र सांसदलाइ हस्तान्तरण गरेको हो ।


दबाब यात्रामा पार्टी सभापति लामिछानेसहित पार्टीका केन्द्रीय सदस्य र सांसदहरू सहित पार्टीको विभिन्न तहका पदाधिकारी सहभागी भएको जिल्ला संयोजक माया गुरुङले बताइन् ।

पदयात्राका क्रममा सभापति लामिछानेसहितको टोलीलाई स्थानीय बस्तीका बासिन्दाको ठाउँठाउँमा भव्य स्वागत गरेका थिए भने लामिछानेले स्थानीय बासिन्दाको सुझाव तथा गुनासा लिए ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया