मोरङको उर्लाबारीका थापा बेलबारीमा घाइते अवस्थामा फेला, लछारपछार पार्दै कुटपिट गरी घाइते बनाएको आशंका

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

बेलबारी । उर्लाबारीको मंगलबारेस्थित सामुदायिक वनमा एक शिक्षकको मृत शव फेला परेर पोष्टमार्टम हुँदै गर्दा यता सोही स्थानका एक युवा सख्त घाइते अवस्थामा बेलबारीमा फेला परेका छन् । 

उर्लाबारी–३ मगलबारेका प्रकाश थापा रहेको उनी स्वयंले बताएको बेलबारी इलाका प्रहरी कार्यालयले जनाएको छ । २८ वर्षीया थापा बुधबार राति घाइते अवस्था भेटिएको र तत्काल उद्दार गरी स्थानीय अस्पलता पु¥याएको प्रहरीले बताएको छ । तथापि स्थानीय अस्पतालमा उनको उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पु¥याएर उपचार भईरहेको प्रहरीले जनाएको छ । घाइते थापाको अभिभावक पनि सम्पर्कमा आएको मगलबारे प्रहरी चौकीका ईन्चार्ज हेम नारायण यादवले बताए ।

घाईते थापाको शरिरको बिभिन्न भागमा स्क्रयाच हुुनुका साथै लछारपछार पार्दै घिसारेको जस्तो देखिएको प्रहरीले जनाएको छ । घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी अनुसन्धान गरिरहेको छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया