युवाको पार्टीप्रतिको वितृष्णा हटाउन एमालेले तल्लो तहमा युवा आरक्षणको व्यवस्था

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल न्युज डेक्स

इटहरी । नेपाल कम्युनष्टि पार्टी एकिकृत माक्र्सवादी लेनिनवादीको स्थायी कमिटीको बैठकले दलप्रति युवाहरुको आकर्षण बढाउन भन्दै आरक्षणको व्यवस्था गरेको छ । तर युवाहरु आरक्षण होइन अवसरको खोजीमा छन् । युवाहरुमा भएको राजनीतिक दक्षतालाई समाजमा रुपान्तरित गर्ने अवसर युवाहरुले खोजेका हुन नकि आरक्षण । आरक्षणले युवाभित्र भएको प्रतिभा वा दक्षतालाई सीमित गर्ने र व्यक्तित्व विकास गर्न बाधक बन्ने उनीहरुको ठम्याईरहेको छ । 

सोमबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले ४० वर्ष मुनिका व्यक्तिलाई टोल कमिटिदेखि केन्द्रीय कमिटिसम्म सिट सुरक्षित गर्ने निर्णय लिएको छ ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार वडा र टोल कमिटीमा युवाहरुको प्रतिनिधित्व एक तिहाई हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । पालिका कमिटीमा २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व अनिवार्य गर्ने रहेको छ भने जिल्ला कमिटीमा १५ प्रतिशत र प्रदेशमा १० प्रतिशत अनिवार्य गरिएको छ। एमालेले केन्द्रीय कमिटिमा पनि युवाहरुलाई स्थान दिने निर्णय गरेको छ।


खगेन्द्र कार्की
प्रतिक्रिया