सुनसरी।। सुनसरीको झुम्कामा शुक्रबार आदिवासीहरूको सांस्कृतिक भूमि ग्रामथान तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनमा उल्लेखित अधिकार सम्बन्धी कानुनी परामर्श गोष्ठी सम्पन्न भएको छ।
नेपाल आदिवासीहरूको मानव अधिकार सम्बन्धी वकील समुह ( लाहुर्निप) काठमाण्डौँको आयोजना तथा थारु कल्याणकारिणी सभा सुनसरी साथै श्री ग्रामथान संरक्षण समिति सुनसरीको समन्वयमा झुम्कामा कानुनी परामर्श गोष्ठी सम्पन्न भएको हो।
रामधुनी नगरपालिकाका नगरप्रमुख शंकर लाल चौधरीको प्रमुख आतिथ्यतामा भएको उक्त गोष्ठीमा तीन जना अधिवक्ता तथा अभियन्ता भीम राई, गोपाल देवानले सहजीकरण गरेका थिए। उनिहरूले आदिवासीहरुको साथै थारु समुदायले समाजमा पहिचान बनाउन हाल गरिरहेको संघर्ष बारे जानकारी गराउँदै थारु समाजलाई सरकारी मातहतमा सहभागी गराउने विभिन्न कानुनी व्यवस्था बारे बताएका थिए। यस्तै अधिवक्ता भीम राईले इटहरी उपमहानगरपालिकाले थारु समुदायलाई प्रथम नागरिक घोषणा गर्दै उनिहरुको सहभागितालाई सम्मान गर्दै कानुनी रुपमै सकारात्मक व्याख्या गरिएको मा प्रसंशा गरेका थिए।
उक्त कार्यक्रममा ४८ जना थारु समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
दयाराम कटेल
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो