ई–क्यान पूर्वाञ्चलको अध्यक्षमा इटहरीका निरौला निर्वाचित, नौं सदस्यीय कार्यसमिति चयन

फाष्ट मिडिया नेपाल संवाददाता

धरान ।  शैक्षिक परामर्श सङ्घ पूर्वाञ्चल ई–क्यानको चौथो अधिवेशनबाट इटहरीस्थित लोटस मल्टिट्रेनिंङ कन्सल्टेन्सी सञ्चालक रवीन्द्र निरौलाको नेतृत्वमा नयाँ टिम निर्वाचित भएको छ ।  यस अघि कोषाध्यक्ष भएर कुशलतापूर्वक कार्यकाल पुरा गरेका निरौलासहित इटहरीबाटै सचिवमा दुर्लभ कार्की (डाँफे) चुनिएका हुन् । धरानको होटेल गजुर प्यालेसमा आायेजित ७ औ साधारण सभा तथा चौथो अधिवेशनबाट नयाँ टिम छनौट भएको हो । सो अधिवेशनबाट चुनिने अन्य पदाधिकारीमा नि. अध्यक्ष प्रकाश लकान्द्री, उपाध्यक्षमा रवि कुमार गुप्ता, कोषाध्यक्षमा गोपाल निरौला चुनिएको दुर्लभ कार्कीले बताए । सदस्यहरुमा जुगल कुमार चौधरी, यादव पौड्याल, कनक यादव र कविता पौड्याल पान्डे रहेका छन् ।

अध्यक्षमा विजयी निरौलाले निरौलाले सदस्यहरू बिस्तार सँगै स्थानीय तहमा समन्वय गरेर कन्सल्टेन्सी ब्यावसायलाई मर्यादित बनाउने लक्ष्य राखेको बताउँछन् । यस्तै सदस्यहरूलाई दक्ष बनाउनका लागि कर,परामर्श, स्किल डेभलपमेन्ट तालिमहरू गराउने उद्देश्य निरौलाको रहेको छ । निरौलाले आफ्नो कार्यकालमा संस्थाको वार्षिक क्यालेन्डर तयार पारी आगामी दिनमा सोही अनुसारका कार्यक्रमहरू अघि बढाउने समेत उद्देश्य राखेको बताए । 

उनले संस्थाका सम्पूर्ण सदस्यहरूको १० लाखको दुर्घटना बिमा समेत गर्ने उद्देश्य रहेको बताए । उनले संस्थाको गरिमालाई कायम राख्दै, संस्थाको उद्देश्य अनुरूप सम्पूर्ण शैक्षिक परामर्शसँग सम्बन्धित सस्थाहरु सहकार्य समन्वय र भाइचारा सम्बन्ध राखी पेसागत हकहितका लागी काम गर्ने बताएका छन् ।

उनले कोसी प्रदेशमा रहेका विभिन्न जिल्लाहरूमा परामर्शका क्षेत्रमा काम गर्ने संस्थाहरूलाई एकताबद्ध गर्ने देखि लिएर ईक्यानलाई व्यवस्थित गर्न कर्मचारी राखी कार्यालय सञ्चालन गर्ने लगायतका एजेन्डाहरू अघि सारेका छन् । संस्थामा हाल २४ सदस्यहरू दर्तामा रहेका छन् ।

२ वर्षका लागि निर्वाचित हुने ई क्यानको पूर्वाञ्चल समिति ९ जनाको रहनेछ । जसमा अध्यक्ष,उपाध्यक्ष,सचिव,कोषाध्यक्ष र ४ सदस्य सहित नि.वर्तमान अध्यक्ष समेत कार्यसमितिमा रहने व्यवस्था रहेको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया