इटहरी नमुना कलेजमा विद्यार्थी कै नेतृत्वमा सांस्कृतिक कार्यक्रम सहित सरस्वती पूजाको आयोजना

दयाराम कटेल

सुनसरी। आज बसन्त पञ्चमी अर्थात सरस्वती पुजा देशभरका सम्पुर्ण शौक्षिक संस्थाहरुले सरस्वतीको पूजा आराधना गरी हर्सोल्लासका साथ मनाएका छन्। यस्तै आज बुधबार सुनसरी स्थित इटहरीको इटहरी नमुना कलेजले पनि सरस्वती पूजा सँगै साँस्कृतिक कार्यक्रम गरी भव्य रूपमा मनाएको छ। कलेजले वार्षिक खेलकूद तथा विद्यालय स्तरीय अन्य प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई सम्मान पनि गरेको छ । 



कार्यक्रम समाजकार्य विभागका शिक्षक कुलदिप भुजेलले चलाएका थिए। शिक्षक भुजेलले विद्यार्थीहरुलाई प्रमाण पत्र तथा मेडलले सम्मान गरिएको जानकारी दिए। साथै क्याम्पस प्रमुख धर्म न्यौपानेले कलेजको प्रतिनिधित्व गर्दै नृत्य, आई.टी, वक्तिवकला, फुटसल, क्रिकेट तथा अन्य विधाहरुमा उत्कृष्ट स्थान हाँसिल गर्दै कलेजको गरिमालाई थप उचाइ दिलाएको भन्दै उनीहरुलाई सम्मान गरिएको बताएका छन् । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन, कविता वाचन, आदि विभिन्न प्रस्तुति समेत दिएका थिए । 


समाजकार्य सङ्काय अध्यनरत विद्यार्थी प्रतीक कटेलले कलेजले विभिन्न समयमा यस्ता सांस्कृतिक तथा सामाजिक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई प्रतक्ष्य समाजसँग जोड्न अहम भूमिका खेलेको बताएका छन्। उनले कलेजले आज सरस्वती पूजाको दिन विद्यार्थी कै नेतृत्वमा उनिहरुको क्षमता वृद्धि गर्न कार्यक्रम आयोजना गरेको समेत बताएका छन्।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव खड्का, क्याम्पस प्रमुख धर्म न्यौपाने, क्याम्पस उप-प्रमुख तथा हिसान सुनसरीका अध्यक्ष सागर भट्टराई, विभिन्न संकायका विभागीय प्रमुख, शिक्षक, शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

दयाराम कटेल
प्रतिक्रिया