दयाराम कट्टेल
सुन्दरहरैचा (दुलारी) । असार लागे सँगै कृषकहरु कृषिकर्ममा लाग्न थाले,असारे गीतले उल्लास छर्दै मोरङको सुन्दरहरैचा स्थित वाड न ५ मा असार लागे सँगै स्थानीय किसानहरू धान रोप्न व्यस्त भएका छन्। देश भरका किसानहरुले असारको समयमा धान रोप्ने गरेका छन्। सुन्दरहरैचाका किसानहरुले असारे गीत गाउँदै भाका हाल्दै उत्साहका साथ धान रोपेका छन्। त्यसमाथि असार १५ मा मनाईने धान दिवस र असार १५ मा खाइने मिष्ठान्न भोजनसहितको झरी अनि असारे भाकासँगै गरिने रोपाईको रौनकता छुट्टै छ ।
असार महिना किसानहरुका लागि अन्य महिना भन्दा महत्वका साथ लिने गरेको पाइन्छ। असार महिनाको सामाजिक र आर्थिक मात्र नभई साहित्यिक महत्व पनि उत्तिकै रहेको छ । आषाढे महिनामा पानी पर्यो रुझाउने, आषाढे मासमा धान रोपे झैँ खेतमा, लगायतका बिभिन्न रोमाञ्चक र जनमानसमा प्रचलीत गीतहरु पुस्तौंदेखी आषाढको सेरोफेरोमा लेखिएका र गाइएका छन्। पहिले पहिले जस्तो रोपाँईका गीतहरु खेतमा लाम लागेर धान रोप्दै सामूहिक रुपमा गीत गाँउदै गरिने भए पनि हाल निकै कम भएको पाईन्छ । यस्ता गीतहरु धान रोप्दै गाइने भएकाले सरल र सुस्तरी गाइन्छ, जस्ले गर्दा काम गर्ने खेतालाहरुले थकान बिर्सेर धेरै बेरसम्म रमाइलो गर्दै काम गर्न सक्दछन् । यसको ज्वलन्त उदाहरण बनेको छ सुन्दरहरैचाका स्थानीय किसानहरु
आषाढ महिना बर्खाको उत्कर्षको समय हो तर झरिका थोपाहरु कुनै पनि वर्ष सबैतिर समान भने हुँदैनन् । कहाँकहाँ पर्याप्त पानी पर्यो र कता कता पानी नपरेर धानको विऊ नै सुक्यो भन्ने कुराको फेरिहिस्त हरेक वर्ष फरक फरक हुनेगर्दछ । हरेक वर्षको असार १५लाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउने चलन छ ।
कृषीप्रधान देश नेपाल अहिले आएर वैदेशिक रोजगारदाताहरुको सर्वप्रीय थलो भएको छ र यसको कारण हो कोदालो लिनुपर्ने हातमा पर्न आएको पासपोर्टको मोह । हरेक वर्ष धान दिवसमा दुईवटा कुरालाई मुख्य केन्द्र बनाइन्छ, एउटा कृषीमा आधुनिकिकरण र अर्को खाधान्न आयातमा न्यूनीकरण । बाँझो खेतबारी राखेर बोराका बोरा चामल, दाल, गहुँ आदि आयात गर्ने प्रचलनले नेपाली स्वाभिमान तथा कृषीकर्मको आदर्श खलबलिएको छ । नेपालको कुल धानखेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध रहेको तथ्याकं छ। नेपाल सरकारले कृषिलाई आधार बनाएर राष्ट्रिय योजनामा जोड्न सके साथै कृषिमा आधुनिकीकरण गर्न सके नेपाल समृद्धि तथा आत्म निर्भर बन्न बाट कसैले रोक्न सक्दैन।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो