धनकुटा । धनकुटाका वरिष्ट समाजसेवी शिक्षाविद जेष्ठ कांग्रेस स्वर्गीय मोतिलाल श्रेष्ठको पार्थिव शरिरमा पार्टीको चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरी सम्मान पूर्वक अन्त्यष्टि गरिएको छ ।
नेपाली कांग्रेस धनकुटाका पुराना र जेष्ठ सदस्य अभिभावक स्वर्गीय मोतिलाल श्रेष्ठको पार्थिव शरिरमा आज धनकुटाको विश्रान्ति मन्दिर स्थित तमोरनदीको किनारमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई,सल्लाकार पूर्व डि आईजी दिनेश अमात्य, जिल्ला सचिव विजय सन्तोषी राई, सहसचिव रोशन श्रेष्ठ, महासमिति सदस्य महेन्द्र निरौला, जिल्ला सदस्य रोशेष श्रेष्ठ , क्षेत्रिय उपसभापति मिलन खड्गी, धनकुटा नगरपालिका वडा नं. ४ का सभापति हरी तिम्सिना, उपसभापति गोविन्द्र प्रसाद निरौला, सचिव थिर वहादुर थापा, महेश श्रेष्ठ लगायतले पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए ।
स्वर्गीय श्रेष्ठको योगदानको वारेमा नेपाल नागरिक समाजक धनकुटा अध्यक्ष दोर्ण गुरगाईले प्रकाश पारेका थिए ।
उनका सुपुत्र धनकुटा कांग्रेसका सदस्य लेनिन श्रेष्ठले दागवत्ति दिएपछी कांग्रेस अभिभावक स्वर्गीय मोतिलाल श्रेष्ठको तमोर नदीमा अन्त्यष्टि गरिएको थियो । वरिष्ट समाज सेवी स्वर्गीय मोतीलाल श्रेष्ठको अन्तष्टि र श्रद्धाञ्जली कार्यक्रममा धनकुटा जिल्ला समन्य समितिका उपप्रमुख सावित्रि राई, धनकुटा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष जमशेर राई, गोकुण्डश्वर माविका प्रधानाध्यापक दामोदर मिश्र नेपाल नेत्र ज्योती संघ धनकुटका सचिव देव खड्का लगायत समाजिक संघ संस्थाका प्रम्खहरु,विभिन्न पार्टीका नेताहरु समाजसेवीहरु आफन्तजन र मलामी जनहरुको सहभागीता रहेको थियो ।
नेपाल परिवार नियोजन संघ धनकुटाको पूर्व अध्यक्ष, अर्वुद्ध रोग निवारण संस्था धनकुटका पूर्व अध्यक्ष र विभिन्न माध्यामिक विद्यालयहरुमा प्रधानाध्यापकको जिम्मेवारी र भूमिसुधार अधिकारीको समेतको जिम्मेवारी वहन गरिसकेका नेपाली कांग्रेस धनकुटाका जेष्ठ सदस्य वरिष्ट समाजसेवी शिक्षाविद मोतिलाल श्रेष्ठ २०१५ साल देखीनै नेपाली कांग्रेसमा सक्रिय रहेको र २०५४ सालमा नेपाली कांग्रेस धनकुटाको तर्फबाट वडा नं. ४ मा वडाध्यक्षको उम्मेदवार समेत रहेको जानकारी गराउदै नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले स्वर्गीय मोतिलाल श्रेष्ठको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको बताए ।
८५ बर्षको उमेरमा हिजो निधन हुनु भएका वरिष्ट समाजसेवी शिक्षा विद धनकुटा कांग्रेसका अभिभावक स्वर्गीय मोतिलाल श्रेष्ठको भाई नेपाली कांग्रेस धनकुटका जिल्ला सदस्य गोकुलाल श्रेष्ठ, एक छोराकांग्रेस सदस्य लेनिन श्रेष्ठ,चार छोरी र श्रीमती छन् ।
नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई,सचिवहरु विजय सन्तोषी राई,जयन्द्र घिसिगले वरिष्ट समाजसेवी धनकुटा काांग्रेसका अभिभावक पुराना जेष्ट सदस्य स्वर्गीय मोतिलाल श्रेष्ठको निधनमा शोक व्यक्त गर्र्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो