फाष्ट मिडिया नेपाल संवाददाता
बेलबारी । भर्खरै शिक्षक पेशाबाट उमेरहदका कारण अवकास पाएका उर्लाबारीका स्थानीयबासी गंगा बहादुर पौडेलले पेन्सनपट्टाका लागि जिल्ला प्रशासन कार्यालयले नाम नसच्याईदिएका कारण घटना हुन पुगेको परिवारको आरोप छ । सखुवासभाको आखीभुईमा रहेको अमरुवा माध्यमिक विद्यालयमा ३६ वर्ष पढाएर २०७९ फागुनमा उनले अवकास पाएका मोरङको उर्लाबारी नगरपालिका–७ मा बसोबास गर्ने ६० वर्षिय पौडेल बुधबार दिउँसो घाँसदाउरा गर्न गएका महिलाले मंगलबारे स्थित सालबारी सामुदायिक बन क्षेत्रमा देखेपछि प्रहरीले मृत शव फेला पारेको थियो ।
सोमबार हाफपाइन्ट किन्न चोक निस्केका पौडेल हाफपाइन्ट लिएर घर नफर्केपछि प्रहरीको सहयोगमा खोजतलास भईरहेको परिवारका सदस्यले बताएका छन् ।
श्रीमानको अव फेला परेको भन्ने थाहा पाएपछि घटनास्थलमा पुगेकी पौडेलकी श्रीमति माया देवी पौडेलले सिडियोले नाम प्रमाणिकरण नगरिदिएर तनावका राखेका कारणले श्रीमानले मृत्युको बाटो रोजेको आरोप लगाएकी छन् । उनले यस घटनाको मुख्य दोषी सिडिओ भएकोले कारवाही गर्न माग समेत गरेकी छन् ।
अवकास पश्चात पौडेलले नेपाल सरकारबाट पाउने पेन्सनपट्टा वापतको कागजपत्र निर्माणमा उनको नाममा त्रुटि भेटिएको थियो । नागरिकतामा भएको नाम र सर्टिफिकेटमा भएको नाम फरक भएपछि वडाको सिफारिस लिएर पटक पटक जिल्लाप्रशासन कार्यालय सिडियोकोमा धाउँदा पनि काम नभएको परिवारको गुनासो छ ।
पौडेलको मृत्यु पश्चात उनका आफन्त र परिवारजनले १३ दिनको कारजकिरिया पछि न्यायका लागि लड्ने पारिवारिक सहमति अनुसार आज (विहिबार) पौडेलको मृत शरिरको पोष्टमार्टम गरी दहासस्कार गर्ने परिवार स्रोतले बतायो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो