एनसेल प्रकरणमा दलका नेता, व्यापारी र कर्मचारीको मिलेमतोमा अर्बौं भ्रष्टाचार भएको कोइरालाको दाबी

खगेन्द्र कार्की

फिदिम । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारमा राजनीतिक दलहरू डुबेका कारण विभिन्न प्रकरणहरू सार्वजनिक भइरहेको बताएका छन्।

विराटनगरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक नेतृत्वको साँठगाँठ नभएसम्म ठूला(ठूला भ्रष्टाचार हुनै नसक्ने बताए।

उनले अहिले मुलुकका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढेको बताए। एनसेल प्रकरणमा राजनीतिक दलका नेता, व्यापारी र कर्मचारीको मिलेमतोमा अर्बौं रुपैयाँका भ्रष्टाचार भएको उनको दाबी छ। 

नेता कोइरालाले राजनीतिक दलका नेता र नेतृत्वका कारण व्यवस्थाप्रति नै जनताको वितृष्णा बढेकाले सच्चिएर अघि बढ्नुको विकल्प नभएको बताए। 

खगेन्द्र कार्की
प्रतिक्रिया