सुनसरी। सुनसरीको इटहरी १० मा किरात राई बान्तावा खिम केन्द्रीय कार्य समितिले आज किरातीहरुको महान चाड उद्यौली, साकेन्वा/ साकेला कार्यक्रम २०८० तथा येलेदोङ ५०८३ भव्य रूपमा मनाएको छ।
पूर्व संघीय सांसद जय कुमार राईको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा आदिवासी जनजाती महासंघ सुनसरी जिल्ला अध्यक्ष राम राई साथै गौरीमन राईको विशिष्ठ अतिथि तथा जयबहादुर राई लगायतको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रमको उदघाटन कार्यक्रमका प्रमुख अथिति पूर्व संघीय संसद जय कुमार राईले गरेका थिए।
यस्तै किरात राई बान्तावा खिमका अध्यक्ष ज्ञान राईले किरात भनेको सभ्यतासँग जोडिएको छ जसले मानव सभ्यतालाई झल्काउँछ बताएका छन्। उनले किरातीहरुको पर्व उद्यौलीको शुभकामना दिँदै सामाजिक कार्य सँगै संस्कृतिको बारे नयाँ पुस्तालाई चेतना तथा जानकारी गराउन गरिएको बताएका छन्। उनले संस्कृतिको रक्षा गर्न तथा निरन्तर पुस्तान्तरण गर्न यो कार्यक्रम विषेश रहेको बताएका छन्।
यो सँगै किरातीहरुले आफ्नो परम्परागत सांस्कृतिक नाच तथा साकेला नृत्य पनि गरेका थिए।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो