मन्दिरसँग जोडिएको नालामा एक ठेला मजदुरको शव फेला

खगेन्द्र कार्की

पीबी दियाली

इटहरी । इटहरीको एक चर्चित मन्दिरसँग जोडएको नालामा इटहरीमा ठेला चलाएर हिंड्ने मजदुरको शव फेला परेको छ । 

परिचय नखुलेका ति मजदुर ठेला चलाएर हिड्ने गरेको स्थानिय व्यवसायी बताउँछन् । 

चर्चित राधाकृस्ण मन्दिर जो इटहरीमा युगौ देखि अबस्थित छ।मेयर हेमकर्ण पौडेलले नाली ,पैनी ,खोला छोपेर वा मिचेर बनाइका बिल्डिङ भत्काउने ३५ दिने सुचना जारी गरेको अबधी आउदै छ।मन्दिरले मुनि बाट दबाएर बनाइको ठूलो भवनले घ्याप्पै खोलो छेकेको छ।यी मजदुरको लास आज दिउँसो लाबारिस अबस्थामा देखिए पछि गज्याङ मज्याङ मान्छेको भिड छिचोल्दै स्थिती हेर्न जादा राधा कृष्ण मन्दिरका देउताले मिचेको नाली मुनि मान्छे मरि रहेका छ्नरुपशुपती मोडेल अस्पताल पछाडी पु्र्ब उत्तर,एरिना टिभी पहिला रहेको घर पछाडी पश्चिम,शिव फर्निचर सिधै पुर्ब रहेको नाली इटहरिको पुरानो ठूलो खोलो हो।मन्दिर र देउताको नाम लिएर जग्गा कब्जा गर्न पल्केका समाजसेवी अनुहारका मिचाहाहरुले लुकाएको नाली मुनि यी मजदुर किन पुगेरु कसरी पुगे,त्यहा हत्तपत्त छिर्ने ठाउँ छैन।ठुल ठुला बिल्डिङ र गेट बाल र कम्पाउन्ड लाएर सिमा बारेको छ।भित्र ऐलानी कब्जा गरेर घरै घर ठडिएका छ्न।ती घरको नक्सा पास सास केही छैन।अरुलाई छिर्न दिने कुरै भएन।राधाकृस्ण मन्दिरको हल माजै बाट थोत्रे टिनले छेकेको नाली भित्र यी काम दार डुबे।मेयरको भासामा यी मजदुर इटहरीका एक नम्बर समुदायमा पर्ने भुमिपुत्र थारु समुदाय सरह  हुन।आफुले फाडेको जमिन अर्कैको भए पछि एक नम्बरहरु अहिले यिनै मजदुरको हालतमा छ्न।तथापी अधिकास मध्य केही पहिलो नम्बरवालाहरु राजखान्दानमै छ्न।तर औलामा गन्न सकिन्छ। यिनलाइ यो हालत गर्ने को होरु प्रहरी डिएस्पी आफै आएर नाप जाँच गर्दै छ्न।तर यिनको पक्षमा आँसु झार्ने कोहि देखिएनन।


खगेन्द्र कार्की
प्रतिक्रिया