धनकुटा । प्रहरी हिरासतमा रहेका पहिचानवादी नेता, कार्यकर्तालाई विनासर्त रिहाइ गर्न माग गरिएको छ ।
नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ धनकुटाले सो माग गरेको हो । महासंघको बैठकबाटै धनकुटामा केही दिन अघि पक्राउ परेका १९ जना पहिचानवादी नेताहरुलाई तत्काल बना शर्त रिहाईको माग गरिएको छ ।
साथै उक्त बैठकले धनकुटा जिल्लाको जिल्ला अधिवेशन फाल्गुन १९ गते गर्ने त्यसका लागी जिम्मेवारी समेत प्रदान गर्ने निर्णय समेत गरेको छ ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष नरेन्द्र राई कस्चितको अध्यक्षतमा भएको बैठकलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघका केन्द्रिय सदस्य तथा धनकुटाका केन्द्रिय प्रतिनिधि रमेश ईवाहाङ्ग, नेपाल तरुण दलका केन्द्रिय सदस्य तिलक महत, नेपाली कांग्रेस सागुरीगढी वडा नं. ६ का सभापति तथा यूवा नेता सन्तोष राई एलाहाङ्ग लगायतका नेताहरुले आदिवासी जनजातीहरुको सहभागीतमा बिना मुलुकको समग्र विकास र शान्ति हुन नसक्ने बताए ।
पहिचानवादी आन्दोलनरत पक्ष र सरोकारवालाहरुविच तत्काल बार्ता गरी समयस्याका समाधान गर्न समेत जोड दिइएको छ ।
उनीहरुले केही दिन अघि धनकुटामा पक्राउ परेका पहिचानवादी नेताहरुलाई बिना शर्त तत्काल रिहाई गर्न समेत माग गरे ।
सो अवसरमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ धनकुटका उपाध्यक्ष केदार श्रेष्ठ, सचिव गजम सिंह घिसिङ्ग, कोषाध्यक्ष हिरा राई, जिल्ला सदस्य प्रतिमा राई, सागुरीगढी गाउपालिकाका संयोजक रिवाज राई, चौविसे गाउपालिकाका संयोजक कुमार लिङथेप लगायतले आदिवासी जनजातीहरुलाई राज्यको हरेका तह र निकायमा अर्थपूर्ण सहभागीता गराउनु पर्ने वताउदै पक्राउ परेका पहिचानवादीहरुलाई रिहाई गर्न माग गरे ।
महासंघ धनकुटाको बैठकले धनकुटा जिल्लाको ६० वटै वडाहरुमा पुस २१ गते वडा अधिवेशन, माघ ६ गते पालिका अधिवेशन र जिल्ला अधिवेशन फाल्गुण १९ गते गर्ने निर्णय गरेको र अधिवशेनको तयारीका लागी जिम्मेवारीहरु समेत प्रदान गरिएको अध्यक्ष नरेन्द्र राई कस्चितले बताए ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो