इटहरी वडा नं. ८ का वडाअध्यक्ष अस्वस्थ, घुँडाको अपरेशन सफल (अडियोसहित)

खगेन्द्र कार्की


फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. ८ का वडाअध्यक्ष रोहित चौधरी अस्वस्थ बनेका छन् । चौधरीको दाहिने खुट्टाको दाहिने घुँडाको हड्डीमा समस्या आएपछि अस्वस्थ बनेका हुन् । चौधरीका अनुसार घुँडाको लिगामेन्ट अनि दुईटा हड्डीको भित्रको बीचको फर्म ड्यामेज भएको कारणले उपचारमा लागेको बताए ।

वडामा चौधरी अस्वस्थ बनेपछि उपचारमा गएको चर्चा, चिन्ता अनि चासो बढ्दै गएपछि फाष्ट मिडिया नेपालले उहाँलाई सामाजिक सञ्जालबाट सोधेर आम वडाबासीको जिज्ञासा मेटाउने प्रयास गरेको हो । जिज्ञासामा चौधरीले दैनिक प्रयोगमा आइरहने शरिरको संवेदनशिल स्थान ड्यामेज भएपछि राम्रै डाक्टरलाई देखाउने र स्थानीय डाक्टरहरुको सल्लाह बमोजिम पनि बाहिर गएर अपरेशन गर्न दिएको सल्लाह बमोजिम दिल्लीको मेदान्त अस्पतालमा आएको उनले बताए । चौधरीका अनुसार शुक्रबार उनको उक्त शल्यक्रिया भईसकेको र अब दुई हप्ता बेडरेष्टमा बस्नुपर्ने भएको छ । चौधरी दुई हप्ता पछि इटहरी फर्किने बताएका छन् ।


खगेन्द्र कार्की
प्रतिक्रिया