मृगौला पीडित दियालीलाई सहयोग जुट्दै, रास्वपा इटहरी ८ र पत्रकार महासंघ इलामले दियो सहयोग

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. ८ निवासी पत्रकार पीवी दियाली (प्रैम बहादुर) को उपचारका निम्ति सहयोग जुट्दै गईरहेको छ । आज पत्रकार दियालीको निवासमै पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी इटहरी वडा नं. ८ चित्र सिग्देलको टिमले ५ हजार र पत्रकार महासंघ इलाम शाखाले खातामा ५ हजार दिएको दियालीले बताए । दियालीलाई रकम हस्तान्तरण गर्दै रास्वपा इटहरी ८ का संयोजक सिग्देलले  त्यसै पनि हामीले मानविय सहयोग गर्नु नै परम धर्म रहेको बताए । उनले बीपी र आफु एउटै विद्यालयका क्लसमेट रहेको बताउँदै एउटै गाउँ र एउटै ठाउँमा भएका कारणले पनि सहयोग दिनु र जुटाउनु कर्तव्य भएकोले पनि सामान्य सहयोग दिन उपस्थित भएको बताए । उनले भोलिका दिनमा आवश्यकता परे रास्वपाले थप सहयोग गर्न तयार रहेको समेत जानकारी दिए । 

देशमा व्यवस्था परिवर्तन जनताको अवस्था उस्तै रहेको सन्दर्भमा तीन दशक भन्दा बढी सामाजिक काममा खटिएका दियाली बिरामी पर्दा सहयोग रकम जुटाउन विभिन्न क्षेत्रबाट पहल भईरहेको छ । पत्रकारिता क्षेत्रकै लागि काम गर्दैगर्दा दुवै मृगौला गुमाउन पुगेका दियालीलाई साइला दाजु तिलक दियालीले मृगौला दिने भएपछि आउने शुक्रबार काठमाडौं जाने तयारीमा जुटेको समेत बताए । देश तथा विदेशबाट सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग आइरहेको दियालीले बताए । दियालीले रास्वपा र पत्रकार महासंघ इलामलाई धन्यवाद दिएका थिए। 

आफ्नै बलबुताबाट १ वर्ष अगाडिदेखि नै उपचारमा रहेका दियाली पछिल्लो समयमा बीपी, नोबेल हुँदै अहिले न्युरो अस्पतालको शैयामा पुगिसकेका छन् । डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिए पछि आर्थिक अभावका कारण मृगौला प्रत्यारोपणका लागि देश विदेशमा रहेका नेपाली माझ सहयोगको याचना गरेका छन् । डाक्टरको सल्लाह अनुसार उनलाई मृगौला प्रत्यारोपणका लागि १० लाखको आवश्यक रहेको र मृगौला दिने व्यक्ति समेत परिवारभित्रबाट निस्किएकाले सम्भवतः अब आउँदो हप्ताभित्रमा मृगौला अन्यथा नभएमा प्रत्यारोपण हुने जानकारी पनि दिए । 

त्यसो त उनको सहयोगका लागि इन्खा अस्पतालका सञ्चालक तथा सामाजिक अभियन्ता खगेन्द्र ओलीको संयोजकत्वमा ५ सदस्यीय पीबी दियाली बचाउ अभियान नै थालिएको छ । सो अभियानबाट पनि सहयोग रकम उठिरहेको छ । उता पत्रकार महासंघ प्रदेशबाट पनि समिति बनाएर संकलन भईरहेको दियालीले बताए । 

पत्रकार सम्मेलनमा इटहरीलाई कार्यक्षेत्र बनाएर मकालु टुडे र गणराज्य साप्ताहिक पत्रिका चलाउँदै आएका दियालीलाई सहयोग गर्न चाहनेहरुले माछापुच्छ्रे बैंकको प्रेम बहादुर दियालीको ०१५००९६८१८९०००११ खातामा  जम्मा गर्न सक्ने दियालीले बताए । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया