फाष्ट मिडिया नेपाल संवाददाता
धरान । कोशी प्रदेशको सुनसरीको ठूलो स्थानीय तह धरान उपमहानगरपालिकामा हर्क साम्पाङ मेयर भएपछि चर्चामा चुलिएको छ । कहिले राम्रो कामले चुलिएको छ भने कहिले विवादित विषयले चुलिएको छ । धार्मिक सन्दर्भ होस् वा गार्ईगोरु काटेर खाएको प्रसँग होस चर्चा उत्तिकै हुने गरेको छ । पछिल्लो समयमा उपमहानगरको मेयरको लडाई नागरिकसँग चलिरहेको छ । धरानको सदु जलाधार क्षेत्रमा रहेको विवादित जग्गामा उपमहानगर गएर बृक्षारोपण गरेपछि विवादमा परेको हो । उक्त जग्गा व्यक्तिको नाममा देखिएको र व्यक्तिले अदालतमा मुद्दा दायर गरेपछि व्यक्तिगत जग्गामा बृक्षारोपण नगर्न आदेश दिएको थियो । त्यसपछि उक्त घटना साम्य हुन लाग्दै गर्दा फेरी नगरप्रमुख साम्पाङ पहिला आफूले रोपेको विरुवा हेर्न भनेर उक्त जग्गामा पुगेपछि विवाद उत्कर्षमा पुगेको छ । त्यहाँ दुई तर्फी भनाभन, गालीव्यजति सहित मेयरमाथि अभद्र व्यवहार पनि भएको छ । तर उक्त जग्गाधनी महिलाले अदालतको कागज देखाउँदै जलाधारमा धेरै जग्गा छन् हामीलाई मात्र किन टार्गेट मेयर साप भनेर सोध्दै गर्दा नजानु, नहेर्नु भनेको छैन भन्ने साम्पाङको जवाफले विरुवा उखेल्ने सम्म पुगेको र उखेले घर भत्काइदिने मेयरको धम्कीले विवाद थप मलजल गरेको थियो । त्यही विषयलाई लिएर मेयर साम्पाङले फेसबुकमा स्टाटस लेख्दै आफूमाथि अभद्र व्यवहार गर्नेलाई २४ घण्टाभित्र नपक्रिए अदालत जाने चेतावनी समेत दिएका छन् ।
उनको स्टाटस यस्तो छः
यो देशमा राज्य सरकार छ छैन ? म माथि अभद्र व्यवहार गर्नेलाई २४ घण्टा भित्र पक्राउ गरी कस्टडीमा राखेर अनुसन्धान चलाइएन भने मैले पत्रकार सम्मेलन गरी र सम्बन्धित निकायहरू विरुद्ध नै मुद्दामा जानुको विकल्प रहने छैन १ त्यस पछिको अराजकताको जिम्मेवारी कसले लिने ? अनि, नागरिकको आन्दोलनलाई कसले सम्बोधन गर्ने ?
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो