रोटरी क्लब अफ इटहरी युगलद्वारा बालबालीकालाई कपडा वितरण

सुप्रिया राई

इटहरी । रोट्री क्लब अफ इटहरी युगल द्धारा इटहहरीको सुनौलो बस्तीमा रहेको सुनौलो बाल बिकास केन्द्रका ३१ जना बालबालिकाहरुलाई नया कपडा वितरण गरेको छ ।

 नया कपडा लगाउन पाउदा बालवालिकाहरुमा नया जोस जागर नया  उमंग मिलोस भनेर बालबालिकाहरुलाई नया कपडा वितरण गर्नका साथै,इपील्याण्ड घुमाउने केही खानाहरु खुवाउन लागेको रोट्री क्लब अफ इटहरी युगलको अध्यक्ष श्रद्धा विष्टले जानकारी गराइन । 

बिभिन्न दुख कष्टमा परेका महिला तथा  बालवालीकाहरुको  आवस्यकता हेरेर आवस्यक सहयोग गर्दै आएको क्लबले यस सुनौलो बाल विकास केन्द्रका वालबालीकाहरुको आवस्यकतालाई ध्यान दिएर अव छिट्टै एउटा खेल मैदान बनाउन लागेको पनि अध्यक्ष विष्टले जानकारी गराईन ।

विभिन्न चाडपर्बमा यस क्लवमा रहेका बालवालिकाहरु सग खुसी साटासाट गर्ने यहाको बालबालीकाहरुको उज्वल भविष्यको लागी निरन्तर बिभिन्न प्रकारको आवस्यकता हेरेर सहयोग गरीरहेने रोट्री क्लब  अफ इटहरी युगलका उपाध्यक्ष  सन्तोस धमलाले जानकारी गराए ।

त्यसै गरि २०७७ सालमा स्थापना भएको यो  बाल  विकास केन्द्र स्थानीय टोलविकास संस्थाको सहयोगमा सञ्चालन भएको र बालबिकास केन्द्र विभिन्न संघ संस्थाको सहयोगमा चलीरहेको बाल केन्द्रको शिक्षीका सुनीता श्रेष्ठले जानकारी गराइन ।

 


सुप्रिया राई
प्रतिक्रिया