मोरङ्ग।। सुन्दरहरैचा स्थित दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमिले नगरस्तरीय स्पोर्ट्स मिट साथै पाँचौं राष्ट्रपति रनिंगशिल्ड २०८०मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई आज प्रमाणपत्र, ट्रफी र मेडल सहित सम्मान गरेको छ। सुन्दरहरैचा नगरपालिकाले आयोजना गरेको नगरस्तरीय स्पोर्ट्स मिट २०८० मा प्रथम र ५ औं राष्ट्रपति रनिंगशिल्डमा दोस्रो स्थान हासिल गरेको पूर्वाञ्चल एकेडेमीले आफ्नो विद्यार्थीलाई सम्मान गरेको हो ।
समुदाय विद्यालय एवम् निजी विद्यालय समेत गरी ८० बढी विद्यालयको सहभागितामा आयोजना गरिएको नगर स्तरीय खेलकुद प्रतियोगितामा पूर्वाञ्चल एकेडेमीले ४ स्वर्ण, २ सिल्भर र ३ कास्य पदक सहित प्रथम भएको थियो।
यस्तै ५ औं राष्ट्रपति रनिंगशिल्डमा पनि दोस्रो स्थान हासिल गरेको छ। ११ स्वर्ण पदक, ९ सिल्भर र २ कास्य सहित दोस्रो स्थान हासिल गरेको थियो।
उक्त राष्ट्रपति रनिंगशिल्ड अन्तर्गतको मार्शल आर्ट विधामा उस्सु र कराते खेलमा पूर्वाञ्चल एकेडेमी क्रमश नगर प्रथम र दृतीय भएको थियो।
विद्यालयले विद्यार्थीलाई सम्मान गर्दै विद्यार्थीहरुका उपलब्धि कै कारण पनि विद्यालयले अतिरिक्त क्रियाकलपमा अझ बढी प्राथमिकता दिँदै आएको प्रिन्सिपल दीपेन्द्र राईले जानकारी दिएका छन्। उनले विद्यार्थीलाई सम्मान गर्नाले उनिहरुमा छुट्टै किसिमको ऊर्जा र हौसला मिल्ने बताए। विद्यालयले विद्यार्थीलाई ऊर्जावान बनाउँदै अध्ययन अध्यापन गराउनुपर्छ भन्दै उनीहरूले रुचाएको अनेकन् क्षेत्रमा सफलता हासिल गर्न सक्छन् र त्यो आजको आवश्यकता रहेको पनि प्रिन्सिपल राईले बताएका छन्।
दयाराम कटेल
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो