उपनिर्वाचन शान्तिपूर्ण, सरदर खसेको मत ६० प्रतिशत

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स

इटहरी । आइतबार सम्पन्न चितवन जिल्ला संसदीय निर्वाचन क्षेत्र–२, बारा–२ र तनहुँ–१ को उपनिर्वाचनमा मतदान ६० प्रतिशतको हाराहारीमा खसेको प्रारम्भिक आँकडा निर्वाचन आयोगले सार्वजनिक गरेको छ । 

आयोगलाई प्राप्त सूचना अनुसार बारामा ६४ प्रतिशत मतदान भएको देखिएको छ । चितवनमा ६३ प्रतिशत मतदान भएको देखिएको छ । तनहुँमा ५३ प्रतिशत मतदान भएको देखिएको छ ।

आम निर्वाचनको बेला खसेको मतको तुलनामा यसपालिको उपनिर्वाचनमा मतदानको प्रतिशत बारामा बढेको देखिएको छ । चितवन र तनहुँमा भने मतदान प्रतिशत घटेको देखिएको छ ।

निर्वाचन आयोगको विज्ञप्ति अनुसार यसअघि मङ्सिर ४ गते भएका प्रतिनिधि सभा सदस्यको आम निर्वाचनमा बारा(२ मा ६३ दशमलव ५६ प्रतिशत मत खसेको थियो । चितवन–२ मा ६७ दशमलव ६३ प्रतिशत मत खसेको थियो । तनहुँ–१ मा ५४ दशमलव ०३ प्रतिशत मत खसेको थियो ।


खगेन्द्र कार्की
प्रतिक्रिया