फाष्ट मिडिया नेपाल संवाददाता
प्याउली (भोजपुर) । भोजपुरको अरुण गाउँपालिका जनताको सुविधाको निम्ति सामाजिक सुरक्षा भत्ता लिएर घरघरमा पुगिरहेको छ ।
अरुण गाउँपालिकाले आ.व. २०७९÷८० को चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता घुम्ती शिविर मार्फत बाँड्न सुरु गरेको अध्यक्ष शालिकराम खत्रीले बताए । को आयोजना तथा प्रभु बैंक लिमिटेड, प्याउली शाखाको समन्वयमा भएको सो शिविरबाट शुक्रबार वडा नंं १ का १ सय ९८ जना लाभग्राहीले घरमै भत्ता पाएका वडाअध्यक्ष रामकुमार तामाङले जानकारी दिए ।
वडा कार्यालयबाट बितरण गर्ने कार्यक्रम अन्तर्गत को सो कार्यक्रममा अरुण गाउपालिकाका अध्यक्ष शालिकराम खत्री, वडा नं. १ याङपाङका वडाध्यक्ष रामकुमार तामाङ, प्रभु बैंक लिमिटेड( प्याउली शाखाका शाखा प्रबन्धक दिकपाल राई, उक्त बैँक तथा अरुण गाउँपालिका अन्तर्गतका कर्मचारीहरु, नेपाल प्रहरी, तथा अन्यको उपस्थितिमा भत्ता वितरणसँगै आ.व. ०८०÷०८१ का लागि नविरण कार्य समेत भएको वडाअध्यक्ष तामाङले बताए ।
वडा कार्यालय सम्म आउन नसक्ने अपाङ्गता र अशक्त लाभग्राहीहरुलाई अरुण गाउँपालिकाका अध्यक्ष खत्रीको नेतृत्वमा घरैमा नै पुगेर भत्ता वितरण गरिएको हो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो