फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । वैदेशिक रोजगारको नाममा ठगीधन्दा चलाउने गिरोहका एक जना सदस्य पक्राउ परेका छन् । जापन लैजाने भन्दै मोरङको सुनवर्षी नगरपालिका र कटहरीका ४० युवाबाट साढे दुई करोड बढी रकम लिएर ठगी गरेको आरोपमा गिरोहका एक जना सदस्यलाई प्रहरीले पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका –६ का ३५ वर्षीया अजय राजवंशी रहेका छन् । मोरङ प्रहरीले ठगी आरोपमा विराटनगरबाट उनलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
पक्राउ परेका राजवंशीको ६ जनाको समूहले सुनवर्षी नगरपालिका र कटहरीका ४० बढी युवालाई जापना पढाउने भन्दै २ करोड ५३ लाख ७५ हजार रुपैयाँ असुली गरेका छन् । राजवंशीलाई एक जना युवाले जापन लैजाने सपना देखाएर १८ लाख रुपैयासम्म बुझाएका छन् । जापानमा बसेर आफन्तलाई फोन गरेर रोजगारीका लागि जापान लैजाने भन्दै गिरोह मार्फत रकम असुली गरेर राजवंशीले ठगी धन्दा चलाउने गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।एक वर्षअघि जापानमा बसेर नाता पर्ने सुरेन्द्र राजवंशीलगायत ४० जनालाई फोन गरेर जापान लैजाने भन्दै २ करोड ५३ लाख ७५ हजार रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।
मोरङ प्रहरीका अनुसार गिरोहका रन्जितकुमार राजवंशी, प्रमोदकुमार राजवंशी, विद्याकुमारी राजवंशी र अनुराधा राजवंशी फरार छन् । प्रहरीका अनुसार पीडित ४० जनाले अजयसहित ६ जनाविरुद्ध ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । तीमध्ये अजयका बाबु विशमलाललाई प्रहरीले पीडितको उजुरीलगत्तै नियन्त्रणमा लिएर सोधपुछ गरी हाजिरी जवानीमा छाडेको थियो । चार वर्ष जापानमा बसेका अजयले जापानमै रहेको समयमा मोरङ र झापाका भित्री इलाकामा बसोबास गर्ने ४० जना राजवंशी परिवारलाई राजवंशी कोटामा रोजगारीका लागि जापान लैजा भन्दै आफन्तमार्फत रकम असुली गरेर सम्पर्कविहीन भएको बताइएको छ ।अजयलाई अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालतबाट सोमबार पाँच दिनको म्याद थप गरेको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो