काठमाडौं । हामी हरेक वर्षा भारी वर्षाको चपेटामा पर्दै आएका छौं । धेरै जनधनको क्षति पनि व्यहोरिरहेका छां । यस पटक पनि मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा हुने र धेरै मानिसहरु विस्थापित हुने बताईरहँदा हामीमा सचेतनाको आवश्यकता परेको छ । खासगरी जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका नपालीले बढी सचेत र सर्तकता रहन आवश्यक देखिन्छ । खोला किनारका बस्तिहरुलाई बेलैमा सचेत गराउन जरुरी छ । गएराति पूर्वी नेपालमा रातभर भारी वर्षा भएको छ । झापा, पाँचथर, धनकुटा, इलाम र संखुवासभामा रातभर भारी वर्षा भएको हो ।
विशेषगरी इलाम र संखुवासभामा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा इलामको बरफाल्याङ वर्षा मापन केन्द्रमा ८० मिलिमिटर वर्षा भएको छ । यस्तै इलामकै माइपोखरी र राँकेमा ५० मिलिमिटर वर्षा भएको हो । संखुवासभाको नुम वर्षा मापन केन्द्रमा ८८ मिलिमिटर पानी परेको छ। नेपाल बाढी सूचना केन्द्रले इलामका नदी किनारमा बाढीको चेतावनी जारी गरेको छ ।
चेतावनीमा भनिएको छ, ‘कन्काई जलाधारको ईलाम,माईपोखरी,राँके लगायत धेरै स्थानमा भारी बर्षा भएको,माईखोला चिसापानीमा जलसतह सतर्कता पुगेको, देउमाई,जोगमाई,पुवाखोला लगायत ईलाम भइ बहने साना खोलामा आकस्मिक बाढी हुनको साथै कमजोर भिलारो जमिनमा पहिरोको जोखिम,बिहान ७ बजे सम्म सतर्क रहौ ।’
मध्ये र पश्चिम नेपालका केही पहाडी जिल्ला पनि पानी परेको छ । सबैभन्दा धेरै गोरखाको खारेढुंगामा ३६ र लमजुङको खुदिबजारमा ४७ मिलिमिटर वर्षा भएको छ ।
पूर्वी र मध्य नेपालका पहाडी र केही तराईका जिल्लामा भारी वर्षा भएपनि पश्चिम तराईमा भने खडेरी जारी नै हरेको छ । लामो खडेरीले मध्ये र पश्चिम नेपालका नागरिक हैरान भएका छन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो