इटहरी । २०७८ सालमा सुनसरीको इटहरीको विराटनगरलाईनमा स्थापना भएसँगै विद्यार्थीको भिड लागेको कलेज हो इडुटेक । शैक्षिक गुणस्तर र आन्तरिक शैक्षिक वातावरण अन्यन्तै व्यवस्थित रहेका कारणले विद्यार्थीहरुको आकर्षण बढेको दावी कलेजका प्रमुख कार्यकारी अधिकृत प्रकाश शर्मा बताउँछन् ।
इटहरी ९ स्थित विराटनगर लाइनमा सञ्चालित एडुटेक कलेजले एसइई उत्तीर्ण विद्यार्थीलाई लक्षित गरी यस पटक पनि कक्षा ११ मा विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ । विज्ञान, व्यवस्थापन तथा मानविकी सङ्कायका विभिन्न विषयमा भर्ना खुला गरिएको कलेजका कार्यकारी शर्माले जानकारी दिए । उनका अनुसार व्यवस्थापन सङ्कायमा कमर्सका साथै कम्प्युटर विज्ञान र बिजनेस विषय पनि ऐच्छिक विषयका रूपमा विद्यार्थीले छनौट गर्न पाउने व्यवस्था गरिएको बताए ।
यसका अलावा सोही सङ्कायमा होटल व्यवस्थापन विषय पनि अध्यापन भइरहेको कार्यकारी अधिकृत शर्माले उल्लेख गरे । यसैगरी, कक्षा ११ मा कानून विषय पढ्न चाहने विद्यार्थीले पनि यसै कलेजलाई आफ्नो गन्तव्य बनाउन सक्ने उनको भनाइ थियो । कानून विषय राष्ट्रिय परीक्षा बोर्डले नै सम्बन्धन दिएर अध्यापन गरिरहेको नयाँ विषय हो ।
दुई वर्षअघि अर्थात् २०७८ सालमा स्थापित यस कलेजमा विद्यार्थीको आकर्षण लोभलाग्दो रहेको छ । कलेजको कक्षा ११ मा मात्र हाल चार सय ९६ जना विद्यार्थी छन् । यस कलेजले छोटो समयमा नै इटहरीका अन्य शैक्षिक संस्थाभन्दा फरक पहिचान बनाएको बुझ्न सकिन्छ । कलेजले दुईवटा ब्लकमा कक्षा सञ्चालन गर्दै आएको छ । विराटनगर लाइन मुख्य सडकमै ए ब्लक छ भने इटहरीको आइतबारेमा बी ब्लक सञ्चालनमा छ ।
एडुटेक कलेजले कक्षा ११ का साथै स्नातक तहको कार्यक्रम पनि चलाइरहेको छ । कलेजले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा स्नातक तहमा व्यवस्थापन सङ्काय अन्तर्गतको चार वर्षे बीबीएस (ब्याचलर इन बिजनेस स्टडिज) कार्यक्रम चलाइरहेको कलेज प्रशासनले जनाएको छ । बीबीएस तर्फको पढाइ दोस्रो वर्षमा पुग्दासम्म सो कार्यक्रममा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या पहिलो वर्षमा ८० जना र दोस्रो वर्षमा ९५ जना गरी जम्मा एक सय ७५ पुगेको छ । कलेजले उपलब्ध गराएको एसीसहितका आरामदायी कक्षाकोठा, कम्प्युटर तथा विज्ञान प्रयोगशाला, सूचना प्रविधियुक्त पुस्तकालय र प्रोजेक्टरका माध्यमबाट गरिने प्रभावकारी शिक्षणले विद्यार्थीलाई सिकाइ प्रक्रियामा भरपुर मद्दत मिल्ने विश्वास कलेज प्रशासनले लिएको छ ।
यसैगरी, विद्यार्थीमा अन्तर्निहित अतिरिक्त क्षमतालाई प्रष्फुटित गराउने सवालमा पनि कलेजले कुनै कसर बाँकी नराखेको कलेज प्रशासनको कथन छ । विद्यार्थीको रूचिअनुसार फुटबल, भलिबल तथा कृकेट खेलका विभिन्न स्पर्धामा सहभागी हुने मौका कलेजले दिने गरेको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतिस्पर्धामा सहभागी आफ्ना विद्यार्थीहरूले विभिन्न विधामा स्वर्ण पदकसमेत प्राप्त गरेको गर्विलो इतिहाससमेत छोटो समयमै कलेजले रच्न सफल भएको छ ।
कला क्षेत्रमा रूचि राख्ने विद्यार्थीलाई लक्षित गरी कलेजले एडुटेक सिङ्गिङ आइडल र एडुटेक डान्स आइडल गरी दुई छुट्टाछुट्टै प्रतियोगितासमेत आयोजना गर्दै आएको छ । यसले गायन र नृत्य कलामा आफ्नो क्षमता प्रदर्शन गर्न चाहने विद्यार्थीलाई राम्रो मञ्च प्रदान गरेको कलेज बताउँछ । प्रयोगात्मक शिक्षामा जोड दिँदै सिप तथा रोजगारमूलक जनशक्ति निर्माण कलेजको लक्ष्य रहेको तिम्सिनाको भनाइ छ ।
यसैगरी, विद्यार्थीको समग्र व्यक्तित्व विकासका लागि स्टुडेन्ट क्वालिटी सर्कल नामक कार्यक्रम पनि कलेजले सञ्चालन गरेको छ । यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विद्यार्थीहरूबीच अन्तरक्रिया गराई उनीहरूका आपसी अनुभवको आदानप्रदानबाट आत्मविश्वास तथा स्वावलम्बी दृष्टिकोण अभिवृद्धि गर्ने प्रयास गरिएको छ । यसले विद्यार्थीलाई किताबी ज्ञानका साथै व्यावहारिक जीवनमा पनि समस्यासँग डटेर लड्ने साहसिक चेत विकास गर्ने कलेजको भनाइ छ ।
दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा विश्व परिवेशअनुसार आधुनिक शिक्षा पद्धतिबाट अध्यापन गराइने यस कलेजले विद्यार्थीहरूमा नैतिकता, आत्मानुशासन र मर्यादाजस्ता मानवीय गुण पनि महत्त्वका साथ प्रदान गर्दै आएको छ । थोरै समयमा इटहरीको शैक्षिक वृत्तमा पृथक् पहिचान बनाएर समाजमा शिक्षाको ज्योति छरिरहेको एडुटेक कलेज विद्यार्थीको उज्ज्वल भविष्य र समाजको सर्वाङ्गीण विकासप्रति सदैव चिन्तनशील रहेको छ ।
खगेन्द्र कार्की
२७ असार २०८०, बुधबार ११:१४ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो