मेष – आजको दिन विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक हुने देखिन्छ । मित्रजन एवम् सहयोगीको राम्रो साथ पाइनेछ । खानपानको असावधानीले स्वास्थ्य भने कमजोर हुन सक्छ, सावधान रहनुहोला । जीवनसाथीको साथ–सहयोग मिल्नेछ । शत्रुविजयको योग छ ।
वृष – आज आर्थिक संकटले सताउन सक्छ । सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । बोलीको गलत अर्थ लागेर विवादमा पर्न सक्ने योग भएकोले बोलीमा संयमता अपनाउनु हितकर होला । सन्तानबाट लाभ र सुख मिल्नेछ । दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन् । प्रेम वा दाम्पत्य सम्बन्धमा आत्मीयभाव बढ्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।
मिथुन – लगानी वृद्धि हुनेछ । विलासी काम बढ्नेछ । व्यवसाय तथा रोजगारीका लागि विभिन्न अवसर आउने समय छ, तर काममा अवरोध आउन सक्छ, होसियार रहनुहोला । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । आरोग्यता वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।
कर्कट – कार्यबल बढ्ने समय छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । व्यवसायमा राम्रै सफलता मिल्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । रसरागमा आकर्षण बढ्नेछ । पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । काममा उत्साह जाग्नेछ । तथापि, अप्रिय समाचारले मन खिन्न रहला ।
सिंह – आजको दिन विश्वासपात्रबाटै धोका हुन सक्ने योग भएकोले सावधान रहनु हितकर होला । बिनाकारण आफन्तजनबाट टाढिनुपर्ला । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । श्रमको उचित मूल्य नमिल्ला । विगतका निर्णयले काम बिग्रन सक्छ । खेलकुद तथा भ्रमण आदिमा आकर्षण बढ्नेछ । रसरागको भाव वृद्धि होला ।
कन्या – आज सामाजिक प्रतिष्ठामा कमी आउन सक्छ, सचेत रहनुहोला । आर्थिक अभावले सताउन सक्छ । काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला । अपयश मिल्ने सम्भावना छ । यसका बाबजुद गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।
तुला – आजको दिन जोखिम बढ्ने देखिए पनि परोपकार र मङ्गलमय काम सम्पादन गरिएला । मानसम्मान प्राप्त होला । मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । कामको चापबाट मुक्त रही विश्राम पाइनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
वृश्चिक – घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान मिल्ला । अतिरिक्त आम्दानी बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।
धनु – रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहने दिन छ । स्वास्थ्यसम्बन्धी समस्याले पनि सताउन सक्छ । समय प्रतिकूल रहन सक्छ । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्ने योग छ । धेरै परिश्रम गरेर पनि न्युन उपलब्धिमा चित्त बुझाउनुपर्ला । तथापि, सहयोग समर्थन प्राप्त हुनेछ ।
मकर – प्रेमभाव र आरोग्यता बढे पनि आज सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्ने समय रहेकोले विशेष सावधानी अपनाउनु हितकर होला । प्रवासमा हुनेहरूलाई चाहिँ समय निकै अनुकूल देखिन्छ । कृषि र व्यवसायमा उन्नति हुनुका साथै धन कमाउने अवसर जुट्नेछ । तर, आज काम बिग्रने भयले सताउन सक्छ । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।
कुम्भ – व्यस्तता बढ्नेछ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिने सम्भावना रहेकोले धैर्यशील रही व्यवहार गर्नुहोला । तथापि, प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । आरोग्यता वृद्धि होला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ ।
मीन – साहस बढ्ला । धनबल वृद्धि हुनेछ । रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । मिठो भोजन प्राप्त हुनेछ । आनन्द वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो