फाष्ट मिडिया नेपाल संवाददाता
इटहरी । कोशी प्रदेशका मोरङ र सुनसरीको उत्तरी बेल्टका बराहक्षेत्र, धरान र केराबारीले शनिबारलाई श्रमबारका रुपमा रुपान्तरण गरेर श्रम संस्कृतिको विकास गरिरहेका छन् । आज शनिबार केराबारीले पुलमा आवातजावात गर्ने यात्री र पर्यटकलाई फोहोर फाल्न सहज होस भनेर ट्रयास क्यानको व्यवस्था मिलाएको छ । नवनिर्मित खदम झोलुंगुे पुल जाने बाटो (शुभ खानेपानी रिजर्भ टंकी अगाडि)को पलमा उक्त व्यवस्था गरिएको अभियन्ता गोकुल बहादुर थापा बताउँछन् । खदम मुक्ति घाटमा शुभ खानेपानीले प्रदान गरेको ट्रयास क्यान अप्रयाप्त देखिएकोले थप एक थान राख्ने व्यवस्था गरिएको र आजै केरारबारी ७ स्थित मुगु खोलाको बाढीबाट बस्तीलाई जोगाउन गरएको तटबन्धन निर्माणमा मोरङसुनसरी सेवा समाज टिम, स्वतन्त्र नागरिक समाज केराबारी टिम र शुभ खानेपानी केराबारी टिमले श्रमदान गरेको थापा बताउँछन् । थापाका अनुसार केराबारी गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधिहरुको समेत महत्वपूर्ण उपस्थितिले श्रमदातालाई उर्जा थपेको थियो ।
यसैगरी आजै बराहक्षेत्र नगरपालिकाले सुन्दर र सफा बराहक्षेत्र बनाउने अभियान अन्तर्गत नगरपालिका वडा नं. ६ जनहित टोल क्षेत्रमा बृहत सडक सफाई कार्यक्रम गरेको छ । नगर प्रमुख रमेश कार्कीको नेतृत्वमा आयोजना भएको उक्त सरसफाई कार्यक्रममा स्थानिय जनप्रतिनिधि, बुद्बिजिबि , चक्करघट्टी जेसीज, नगर प्रहरी लगायतको उपस्तिथि रहेको थियो । उक्त कार्यक्रममा सचेतना सहित स्थानीयहरुलाई सरसफाइ कार्यक्रममा सहभागिता समेत गराईएको नगरप्रमुख कार्कीले बताए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो