होली घरघरमा मनाइँदै

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता

काठमाडौं । सामाजिक सदभाव र एकता कायम हुने विशेषता बोकेको होली आज तराईमधेसमा भव्य रुपमा खेलिँदैछ । कोरोना संक्रमण्का कारण केही वर्षदेखि हर्षोलासका साथ खेल्न नपाएको होली यो वर्ष विगतभन्दा अलि बढी हषोृल्लासले मनाइँदैछ तथापि कोरोनाको त्रास भने हटिसकेको छैन र प्रशासनले सजगताका उपाय अवलम्बन गर्न भनिरहेको छ । होली वा फागु पर्व नेपालीले मनाउने विभिन्न पर्व मध्येको एक हो । २२ फागुनमा पहाडी क्षेत्रमा खेलिएको होली आज तराई मधेशमा खेलिँदैछ ।  यतिमात्र होइन तराई मधेश र पहाडका विभिन्न समुदाय अनि विभिन्न भेग र स्थानमा यो पर्व मनाउने तरिकामा पनि भिन्नता छ । जहाँ जस्ले र जहिले जसरी होली पर्व मनाएपनि यो पर्व समस्त नेपालीको साँझा राष्ट्रिय पर्व हो । रगं लगाई रमाइलो गर्ने चलन भने सबैतिर छ । विभिन्न रंग र लोला खेलेर उल्लासपूर्वक रुपमा यो पर्व मनाइने गरिएको छ ।

होलीको पौराणिक कथा अनुसार भगवानका अनन्य भक्त हिरण्यकस्यपु पुत्र प्रल्हादलाई मार्न होलिकालाई प्रयोग गरियो । हिरण्यकस्यप ुपुत्र बहिनी होलिकाले प्रल्हादलाई उम्लिँर्दै गरेको तेलमा हाल्न खोजेपनि भगवान भक्त प्रल्हाद बाँच्न सफल भए । होलिकाको दहन भएको दिनलाई होली वर्ष र उत्सवका रुपमा मनाउन थालिएको हो भन्ने किवंदन्ती पनि छ । आसुरी शक्तिमाथि दैविशक्तिको विजय भएको दिन शक्तिको दुरपयोग गर्ने एवम् पापी प्रवृत्तिकी प्रतिक होलिका मारिएको उपलक्ष्यमा खुशयाली मनाईने दिनको स्मरणगर्दै मिथिलामा होली पर्वकै रुपमा मनाउँने गरिन्छ । ऋतुहरुका राजा मानिने बशन्तको स्वागतमा फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म मैत्री एवम् सदभावपूर्वक रंग र अवीर छयापेर होली खेल्ने परम्परा हो ।


खगेन्द्र कार्की
प्रतिक्रिया