इटहरी । हिजोआज सुनसरीको बराहक्षेत्र नगरपालिका निकै चर्चामा छ । चर्चाको विषय पनि हिजोको पीडादिने ठाउँ आज हिरा बन्दै गरेको कोशीटप्पुको विषयले थियो । हरेक वर्ष कोशी टप्पुबासीको संरक्षण गरिनु पर्दछ । उनीहरु त्यहाँ असुरक्षित छन् स्थानान्तरण हुनुपर्दछ भनेर वर्षाको बेलामा चर्चामा आइरहने कारणले पनि सरकारका कुनै न कुनै कार्यक्रम आइरहने ठाउँ हो कोशी टप्पु । पछिल्लो समयमा त्यो कोशी टप्पु एउटा हिराको टुक्रामा परिणत भएको छ जसका लागि देशी तथा विदेशीहरुका आँखा पर्न थालेका छन् । त्यही क्रममा बराहक्षेत्र नगरपालिकाले पछिल्लो समयमा बराहक्षेत्र नगरपालिकाबासीको हितका निम्ति गरिएको सम्झौताले बराहक्षेत्र चर्चामा आएको हो । सम्झौतामा हुँदै नभएको सन्दर्भ बाहिर ल्याएपछि नगरप्रमुख रमेश कार्की तनावमा मात्र रहेनन् सर्वदलीय बैठक बोलाएर सम्झौता सार्वजनिक गर्नुपर्ने अवस्थासम्म पुगे । आखिर त्यो सम्झौता (नक्कली होइन भने) जसरी प्रचारबाजी गरियो त्यस्तो भने देखिएन र छैन ।
नेपालको रुपन्देही जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको र स्पेनको राजधानी म्याड्रिडमा समेत दर्ता गरी अन्तर्राष्ट्रिय स्तरमा काम गरिरहेको संस्था लुम्बिनी गार्डेन फाउण्डेशनसँग बराहक्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको विकासका लागि दुई पक्षबीच सम्झौता भएको थियो । विशेष गरी पर्यटन र कृषिसहित अन्य सांस्कृति पक्षहरुमा ज्ञान, शीप र पुँजीको सहजीकरणका लागि एक आपसमा छलफल र समन्वयका आधारमा काम गर्दै जाने गरी गत जेठ २५ गते नगरपालिकाको सभाकक्षमा सो सम्झौता भएको नगरप्रमुखद्धारा सार्वजनिक गरिएको सम्झौताले बताएको छ ।
नगरप्रमुख कार्कीले नगरपालिकाको तर्फबाट र फाउण्डशेनको तर्फबाट नेपालका संरक्षक तथा स्पेनका उपाध्यक्ष गोविन्द प्रसाद सुवेदीले हस्ताक्षर गरेको सो सम्झौतामा उपप्रमुखसहित सबै वडाअध्यक्षहरु, कार्यकारी प्रमुख ऋद्धिप्रकाश सिटौलासहित केही समाजसेवी र पत्रकारहरुले समेत हस्ताक्षर गरेका छन् ।
सो विषयमा नगरप्रमुख कार्कीले ९९ वर्षका लागि २५ सय विगाहा जमिन बेचिदियो जस्तो अनर्गत, भ्रामक र कपोलकल्पित समाचारहरु मिडियामा आएपछि सर्वदलिय बैठक समेत बोलाएर यस विषयमा नगरप्रमुख कार्कीले प्रष्ट पारेका थिए । सो सर्वदलीय बैठकमा निश्चित समय र उद्देश्यका साथ लक्षित समुदाय र भुगोललाई समेटेर विकास निर्माणमा सहयोग पु¥याउने हो भने काम गर्नेलाई दिँदा फरक पर्दैन तर पुस्तौं पुस्ताले सराप्ने गरी एक जुगकै समय ९९ वर्ष तोकेर दिँदा त कसैका हितमा नहुने नेकपा एमाले बराहक्षेत्र नगरसमितिका सचिव राजेन्द्र कार्कीले बताए ।
स्पेनमा समेत काम गरिरहेको अन्तर्राष्ट्रिय स्तरको संस्थासँगमार्फत स्पेनसँग भगिनी सम्बन्ध सुधारका लागि खास गरेर कोशी पारीको (कोशी टप्पु) वडा नं. ६ र ९ लाई प्राथमिकतामा राखेर सम्झौता गरिएको नगरप्रमुख कार्कीले सर्वदलीय बैठकमा जानकारी दिए ।
सोही स्थानमा जन्मिएको व्यक्तिले आफ्नो जन्मस्थानका लागि विदेशी सहयोग जुटाउन खोज्दा लगाइएका यस्ता झुट्टा आरोपका कारणले कोसीटप्पुबासी मात्र नभएर समग्र बराहबासीको भाग्य लुटिएको फाउण्डेशन नेपालका संस्थापक तथा स्पेनका उपाध्यक्षले दुखेसो गरेका छन्। नत त्यो संसदमा गएको छ, न त्यो पालिकासँग गरिएको सम्झौतामा कुनै मिति उल्लेख छ, नत त्यहाँ विगाह नै उल्लेख छ । त्यहाँ त मात्र मिलेर एक आपसको समन्वयमा काम गर्ने भनेर गरिएको समझदारी पत्र रहेको उनले बताएका छन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो