पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक सहकारी ठगी आरोपमा पक्राउ

फाष्ट मिडिया नेपाल संवाददाता

मोरङ्ग । पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक विष्णुप्रसाद भण्डारी पक्राउ परेका छन्।

सहकारी ठगी अभियोग लागेपछि फरार रहेका भण्डारीलाई प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनस्थित डेराबाट सोमबार राती पक्राउ गरेको हो।

भण्डारीलाई मंगलबार जिल्ला अदालत कास्कीमा हाजिर गराउने तयारी गरिएको प्रहरीले जनाएको छ।

उनले सहकारीबाट १ करोड ५१ लाख रुपैयाँ बढी कारोबार गरेको, राष्ट्र बैंकले दिएको सिमा नाघेर एकै दिन अत्याधिक कारोबार गरेको, सहकारीलाई चर्को ब्याजमा ऋण दिने गरेकोलगायत आरोप छ।

सहकारीका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले दिएको बयानमा सहकारीको रकम अपचलन गर्न भण्डारीले सहयोगी भूमिका खेलेको आरोप लगाएका थिए।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया