फाष्ट मिडिया नेपाल संवाददाता
काठमाडौं । देश आर्थिक संकटमा रहेको बेला बैंकहरुले भने अकुत कमाउने गरेका तथ्याङ्कहरु बाहिरिएका छन् । जनताको वित्तिय कारोबार सहजताका लागि खोलिएका वित्तिय संस्थाहरु हरेक वर्ष अकुत सम्पत्ति आर्जनबाट धनाढ्य बन्दै जाने तर जनताको आयस्तर घटेको बेला सामान्य ब्याज पनि छोड्न नसक्ने बैंकहरुका विरुद्धमा वितृष्णा बढ्दै गएको छ । गत एक आर्थिक वर्षमा सो बैंकले मात्र २ करोड २१ अर्ब भन्दा बढी नाफा आर्जन गरेको तथ्याङ्क बाहिर ल्याएको छ । सो बैंकले आर्थिक बर्ष २०७९–०८१ मा दुई अर्ब २१ करोड ४४ लाख २५ हजार दुई सय ३१ रुपैंयाँ खुद मुनाफा आर्जन गरेको बताएको छ । गत आवमा भने बैंकको यस्तो नाफा दुई अर्ब ५६ लाख १० हजार सात सय ९६ रुपैंयाँ रहेको थियो । अहिले सो बैंक सिर्जना फाइनान्ससँग मर्ज भईसकेको छ ।
हाल चुक्ता पुँजी १४ अर्ब २० करोड नौं लाख ७४ हजार छ रुपैंयाँ रहेको बैंकले आव २०७९–०८१ मा एक खर्ब ६८ अर्ब ८४ करोड २१ लाख ३९ हजार छ सय आठ रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ४० अर्ब ४० करोड १५ लाख १९ हजार चार सय ७१ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच अर्ब ८५ करोड ७२ लाख ७४ हजार सात सय ११ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । स्प्रेड दर भने चार प्रतिशत रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब तीन करोड ७२ लाख ७६ हजार आठ सय ६६ रुपैंयाँ रहेको छ ।
गत आवमा भने बैंकले एक खर्ब ५२ अर्ब ८० करोड १४ लाख ९० हजार तीन सय ७१ रुपैंयाँ निक्षेप संंकलन गरी एक खर्ब ३१ अर्ब ३४ करोड ४३ लाख २७ हजार ७९ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ९९ करोड ३४ लाख ८९ हजार नौं सय ८३ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव २२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । उक्त अवधिमा चार दशमलव २५ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ३२ करोड ९४ लाख ६२ हजार तीन रुपैंयाँ रहेको थियो
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो