काठमाडौं । २०६१ सालमा इराकमा भएको १२ नेपालीको क्रुर हत्यालाई सम्झाउने गरी फेरी इजरायलमा आतंककारीको बमबारुदमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् । सुनसरीको मधुवन–१ का राजेशकुमार स्वर्णकारसहित १० जनाले ज्यान गुमाएका हुन् ।
आतङ्कवादी समूह हमासको आक्रमणमा परी ति विद्यार्थीको निधन भएको छ, एक जनाको अवस्था अझै अज्ञात रहेको तेलअविवस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले आक्रमणमा ज्यान गुमाएकाहरुको शव व्यवस्थापनबारे इजरायल सरकारका सम्बद्ध अधिकारीहरुसँग छलफल गरिरहेको र नेपाल ल्याउने सम्बन्धमा परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको बताएको छ ।
हमासको आक्रमणमा परी कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली कैलालीको बौनिया–३ का आशिष चौधरी, दार्चुलाको लेखम–५ का दीपेशराज विष्ट, सोही जिल्लाको मल्लिकार्जुन–४ का लोकेन्द्रसिंह धाँमीको निधन भएको दूतावासले पुष्टि गरेको छ ।
त्यसैगरी धनुषाको सपही–६ का आनन्द साह, डोटीको पाञ्चाली–३ का राजन फुलारा तथा सोही जिल्लाको लमिखाल–८ का पद्म थापा, सल्यानको शारदा–३ का प्रवेश भण्डारीको निधन भएको छ ।
नेपाली दूतावासका अनुसार आक्रमणमा परी घाइते भएका छ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका(३ का विपीन जोशी हराइरहेका छन् ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो