फाष्ट मिडिया नेपाल संवाददाता
इटहरी । इटहरी उपमहानरपालिका दिपेन्द्र चोक नजिक एक विद्यालय अगाडि शंकास्पद वस्तुको आशंकाले स्थानीय त्रसित बने ।
इटहरी वडा नं. ९ स्थित ग्रिनपिस लिंकन स्कुल अगाडि छाडिएको उक्त शंकास्पद वस्तु सानो ब्रिफकेसका कारण विद्यालय परिवार र स्थानीयलाई त्रसित बनाएको हो । त्यसपछि उक्त खबर पाएपछि सुरक्षानिकायको भ्यान आइपुगेको थियो । सुरक्षाकर्मीको टोली पनि एकछिनको तनाव पछि उक्त ब्रिफकेस खोल्दा खाली देखिएको र कुनै शंकास्पद वस्तु नभएको खटिएका सुरक्षाकर्मीले बताए । स्थानीय एक डेरी उद्यमीका अनुसार विहान ६ बजेसम्म नभएको वस्तु त्यसपछि देखिएको र कसैको होला भनेर पर्खिदा निकै बेरसम्म कोही नआएपछि आशंका बढेको बताए । उक्त ब्रिफकेस लिन कोही नआएपछि शंका लागेर प्रहरीलाई खबर गरिएको उनको भनाई छ । बेला बेला यस्ता शंकास्पद वस्तु बजारमा भेटिँदा स्थानीय र सुरक्षा निकायलाई निकै तनाव हुने गरेका छन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो