पछिल्लो समय वायु सेवा कम्पनीका उडानमा लापरवाही बढी

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता

काठमाडौँ । पछिल्लो समय आन्तरिक उडानका वायुसेवा कम्पनीमा लापरवाही बढ्न थालेको छ ।

शनिवार बिहान काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरलाइन्सको जहाजको इन्डिकेसनमा समस्या देखिएपछि सिमरामाथिबाट फिर्ता आयो । ७२ सीट क्षमताको उक्त जहाजको आवश्यक चेकजाँचमा कमजोरी भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले दुईजना इन्जिनीयरलाई ग्राउन्डेड गराएको छ ।

दुई दिनसम्म ग्राउन्डेड गरेर गरिएको निरीक्षणबाट उक्त जहाजको स्पिड मिटरमा समस्या औंल्याइयो । समस्या समाधान गरेर आइतवारदेखि जहाजले उडान शुरू गर्न थाल्यो भने इन्जिनीयरलाई निलम्बनमा राखिराख्ने निर्णय भएको छ ।

उक्त जहाजका इन्जिनियरको विषयमा एक साताभित्र अध्ययन प्रतिवेदन पेश गर्न सम्बन्धित वायुसेवालाई निर्देशन दिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।


खगेन्द्र कार्की
प्रतिक्रिया