फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । कोशी प्रदेशको नामकरणको विरोधमा लगातार पदर्शन गर्दै आइरहेको पहिचानवादीहरुको आन्दोलनलाई सरकारले अझै सम्बोधन गर्न नसकेका कारण आन्दोलन जारी रहेको छ । विगतका आन्दोलनमा सुरक्षाकर्मीको तर्फबाट घाईते भई निधन भएका पहिचानवादी नेताको निधनले आन्दोलनलाई थप सक्रियतातर्फ धकेलेको छ । सोही क्रममा आज पनि विराटनगरमा पहिचानवादीको संघर्षसमितिले आन्दोलन जारी राखेको छ । प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ। झडपपछि प्रहरीले केही सेल अश्रुग्यासमेत प्रहार गरेको छ। साथै पानीको फोहोरा हानेर आन्दोलन दबाउन प्रहरीले प्रयास गरेको छ।
प्रदर्शनकारीले सांसदरहरूविरुद्ध नाराबाजीसहित जुत्ता प्रहार गर्न थालेपछि झडपको स्थिति बनेको हो।
विराटनगरको बिग होटेलमा सांसदहरूको दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशाला भइरहेको छ।
उक्त होटलअगाडि प्रदर्शनकारीहरूले नाराबाजीसहित निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको हो।
पुनः नामंकन संघर्ष समितिले प्रदेशको नाम नसच्याए आन्दोलन गर्ने चेतावनी दिइरहेको छ। यस क्रममा एक जना पहिचानवादीको मृत्युसमेत भइसकेको छ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो