फाष्ट मिडिया नेपाल संवाददाता
इटहरी । खराब मौसमका बाबजुद पनि रगतको अभावबाट कुनै पनि बिरामीको ज्यान नजाओस् भनेर सचेत संस्थाहरु मिलेर इटहरी १२ खनालमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । भोजपुर समाजसेवा केन्द्र, स्वतन्त्र नागरिक समाज र नेपाल रेडक्रस सोसाईटी उपशाखा खनारको संयुक्तरुपमा शनिबार आयोजित सो रक्तदानबाट ३० पिन्ट रगत संकलन भएको छ । रक्तदान भईरहेको बेलामा अकस्मात आएको हावाहुरी र वर्षाका बाबजुद पनि पनि सो रगत संकलन भएको स्वतन्त्र नागरिक समाजका अध्यक्ष मोहन ढकालले बताए । इटहरी उपमहानगरपालिका वडा नं. १२ का वडाअध्यक्ष भुवन पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा आयोजक संस्था सम्बद्ध व्यक्तिहरुसहित विभिन्न सामाजिक अभियन्ताहरुको आतिथ्यता रहेको थियो । रक्तदान कार्यक्रममा प्राविधिक सहयोगमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको थियो ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो