धनकुटा । धनकुटा जिल्लामा गत बर्ष भन्दा यस बर्ष बढी मानव अधिकार उल्लंघनका घट्ना घटेको घोषणा गरिएको छ ।
धनकुटामा शनिबार आयोजित मानव अधिकार दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमबाट सो घोषणा गरिएको हो ।
इन्सेकका धनकुटा प्रतिनिधि ईश्वर थापाले मानव अधिकार बर्ष पुस्तकमा प्रकाशित गर्नका लागि उक्त कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा गत बर्ष धनकुटा जिल्लामा ७५ वटा मानव अधिकार उल्लंघनका घट्नाहरु घटेकोमा यस बर्ष १ सय वटा मानव अधिकार उल्लंघनका घट्ना भएको उल्लेख छ ।
गैर सहकारी संस्था महासंघ धनकुटा, नेपाल पत्रकार महासंघ धनकुटा, इन्सेक प्रतिनिधि धनकुटा, मानव अधिकार शान्ति समाज, मानव अधिकार एलायन्स, पर्डेप नेपाल, धनकुटा, हुसाडेक नेपाल लगायतका विभिन्न संघ संस्थाहरुले मानव अधिकार दिवसको अवसरमा धनकुटामा मानव अधिकारको स्थिति विषयक अन्र्तक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै पुर्व मन्त्री तथा प्रतिनिसभाका सदस्य राजेन्द्र राईले आर्थिक संकटका कारण पनि मानव अधिकार उल्लंघनको घट्नाहरु बढेकोले आर्थिक समृद्धीका लागि अब अभियान संचालन गर्नु पर्ने बताए ।
गैसस महासंघ धनकुटाका अध्यक्ष मनि प्रसाद सुवेदीको अध्यक्षतमा सम्पन्न भएको सो कार्यक्रममा धनकुटा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, उपप्रमुख सावित्रि वान्तवा, धनकुटा नगर पालिकाका उप्रमुख भिमा देवी खनाल, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, नेकपा एमाले धनकुटाका नैन विश्वकर्मा, माओवादी केन्द्र धनकुटाका कार्यालय सदस्य विष्णुमाया कन्दङ्गवा, जनतासमाजवादी पार्टीका डम्वर कटुवाल, रास्वपा धनकुटाका बालानन्द दाहाल, राप्रपा धनकुटाका टिका प्रसाद घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझी, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरिक्षक अनिल कुमार शाह, धनकुटा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, फोनिज प्रदेश अध्यक्ष सन्तवीर लामा, आदिवासी जनजाती महासंघ धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राई लगायतले मानव अधिकार रक्षाका लागी सवैले आ आफ्नो ठाउबाट योगदान दिनुपर्ने बताए ।
उहाहरुले धनकुटामा मानव अधिकार उलंघनका घट्ना दिन प्रतिदिन बढ्दै जानु चिन्ताको विषय बनेकोले सवै धनकुटेलीहरु गंभिर हुनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईले र कार्यक्रमको संचालन हुसाडेक नेपाल धनकुटाका अध्यक्ष सरोज भूजेलले गर्नु भएको थियो ।
कार्यक्रममा कार्य पत्र मानवअधिकार कर्मीहरु खिन्द्र अधिकारी,केदार दाहाल र ईश्वर थापाले प्रस्तुत गर्नु भएको थियो भने अधिकारकर्मीहरु शुक्रि राई,खेम लामिछाने,अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष अम्विका धमला, तिलक प्रसाद राई ,समुना तिम्सिना,संगिता चापागाई ,ज्योती प्रधान,रेणुका कार्की प्रधान,लक्ष्मी परियार,धनकुटा नगरपालिका कार्यालय महिला बालबालिका शाखाका फुलमाया तामाग लगायतका सहभगाीहरुले मानव अधिकार उलंघनका घट्नाहरु धनकुटामा न्यूनिकरण गर्नलागी सुझाव दिनु भएको थियो ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो