फाष्ट मिडिया नेपाल संवाददाता
विराटनगर । अंकगणितीय हिसाबले कोशी प्रदेशको सरकार र प्रतिपक्ष उस्तै भएपछि तानातान र हानाहानको शृंखला बढ्दो छ । कांग्रेसका उद्धव थापा सुरु देखि मुख्यमन्त्री पदका लागि विवादित बन्दै आएका थिए । अंकगणितीय खेलमा सभामुखलाई प्रयोग गरेर मुख्यमन्त्री बनेका थापा विरुद्ध निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले रिट हालेका थिए । सर्वोच्चको आदेश बमोजिम दोस्रो पटक उनी फेरी मुख्यमन्त्री त बने तर फेरी विश्वासको मत लिँदा असंवैधानिक ढंगबाट भएको भन्दै एमालेले नै सर्वोच्चमा रिट हालेपछि संविधानसम्मत नभएको ठहर सर्वोच्चले गरेर नियुक्तिदेखि विश्वासको मतसम्मको फाइल झिकाएको छ ।
सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका नीतिगत निर्णय नगर्न पनि अन्तरिम आदेशमा भनेको छ । नेकपा एमालेल प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मaन्सुरीले पदको दुरुपयोग गरी व्यक्त गरेको मतका आधारमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको थियो ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विश्वासको मत संबैधानिक नदेखिएको ठहर गर्दै अन्तरिम आदेश दिएको हो । इजलसले १५ भदौमा मुद्दाको पेशी तोक्न आदेश दिदै त्यतिञ्जेलभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । त्यस्तै १३ भदौभित्र मुख्यमन्त्रीको नियुक्ति, विश्वासको मतलगायतका सबै विवरण झिकाउन आदेश दिएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो