धनकुटामा कृषकको समृद्धिको सारथी बन्दै समृद्धि आयोजना, व्यवसायिक तरकारी खेतिबाट लाखौं आम्दानी

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता

कृषिलाई आफ्नो मुख्य पेशा बनाएकी जलकन्यादेवी   अर्धव्यवसायिक कृषक समुहकी सदस्य कमला आचार्यले हाल व्यवसायिक रुपमा ६ रोपनि जमिनमा तरकारी खेती गरीरहेकी छन्  उनले टमाटर, घिउसिंवि, हिउँदे सिँवि, सिम्ला, खोर्सानी, साग र आलु मौषमी तथा बेमौषमी तरकारी खेति लगाउँदै आएकी छन्। बार्षिक रुपमा २५०,०००।– (दुईलाख पचासहजार) जतिको तरकारी बेच्छिन भने खशि बाख्राबाट पनि रु․ ५० हजार जति आम्दानि गर्दछिन् । घर खर्च कटाएर १ लाख पचासहजार जति बचत हुने गरेको उनले बताईन्। जिवनको त्रिपन्नौ बसन्त पारगरिसकेकी कमलामा आफनो व्यवसायका साथ साथै घर व्यवहारको आर्थिक पाटो पनि आफैले सम्हाल्दै आएकी छन् भने अन्य संघ संस्था प्रति पनि उत्तिकै मिहिनेत, लगाव र धैर्यता देखिन्छ।

जालपादेवी कृषि सहकारी संस्था लि․ की उपाध्यक्ष्य साथै महिला विकास बहुउद्देश्यिय सहकारी संस्था उपशाखाकी अध्यक्ष समेत रहेकी कमला आफ्नै ईच्छा र रुचिका कारण विभिन्न संघ संस्थामा पनि आवद्ब रहेर आफ्नो व्यवसाय प्रवर्दन गर्न तथा सामाजिक दायित्व निर्वाह गर्न उद्धत भइन् । उनि भन्छिन पहिला देखि नै कृषि पेशामा आवद्ब भए पनि व्यवसायिक रुपमा राम्रो संगले अगाडि बढ्न सकिएको थिएन । घर खर्च चलाउन छोरा छोरीको पढाई निकै हम्मे पर्थ्यो जव ‘समृद्धि आयोजना’ आयो तव मात्र विउविजन, कुटो, कोदालो, एक के․जि गड्यौला, दिएर  भर्मिक पिट बनाए पछि गड्यौले मल उत्पादन गरियो त्यसको सहि सदुपयोग गर्नाले उत्पादनमा बृद्धि हुँदै गयो । गोबर तथा खेतबारीबाट निस्कने कुहिने फोहरबाट मल उत्पादन गर्न सकिने उनले बताईन् । “कुहिने फोहरबाट समेत गड्यौला मल उत्पादन गर्न सकिन्छ”,, “बेला–बेलामा सिँचाइ गर्नुपर्छ, धेरै मेहनत लाग्दैन।गड्यौला मलले माटोको उर्वराशक्ति बढाउनुका साथै थोरै लागतमा धेरै उत्पादन गर्न सकिन्छ।यसका साथै मानवीय स्वास्थ्य र वातावरणीय सुधारका लागि पनि गड्यौला मलको प्रयोग गर्नु उपयुक्त हुन्छ रासायनिक मलको विकल्पका रूपमा गड्यौला मलको प्रयोग गर्दा उत्पादन पर्याप्त हुने भएकाले पछिल्लो समय किसानले गड्यौला मल प्रयोग गर्न थालेका छन् । “रासायनिक मलले भन्दा गड्यौला मलले उत्पादन राम्रो हुन्छ । ×उनि भन्छिन्”, “समृद्धि” आयोजनाले गड्यौला दिएर नै यस वारे ज्ञान भएर उत्पादनमा बृद्धि भयो । “समृद्धि” आउनु भन्दा अघिसम्म यसबारे ज्ञान नभएर प्रयोग गर्न जानेकै थिएन। 

 “समृद्धि” आयोजनाबाट संचालित वित्तिय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम पनि ३५ हप्ता सम्म लिएँ त्यसले निकै व्यवसाय प्रवर्दनमा टेवा पुर्यायो । तीन लाख रुपयाँ ऋण लागेको थियो यहि तरकारी खेति बाटै तिरें र तरकारी खेतिलाई मल चाहिने भएकोले गाईवस्तु खशि बाख्रा पनि पाल्दै आएकी छु तरकारी खेति र बाख्रा पाठा बेचेर बचत गरेको पैसाले तराईमा एउटा घडेरी पनि किन्न सफल भएँ उनि भन्छिन् ।त्यतिमात्र हैन अहिले ड्राइगनफुड एभोकाडो पनि लगाएर उत्पादन हुन थालेको छ। यस ठाउँमा सामुहिक बजार संचालनमा भएदेखि ×कमला उनको अनुभव यसरी बताउँछिन्” साउनबाट जालपादेवि कृषि सहकारी “समृद्धि” आयोजना र सहज नेपालको सहलगानिमा मूल्य श्रृङखलाको आधारमा रहि तरकारी सम्वन्धि ज्ञान सिपको विकास तथा सामुहिक बजार संचालनको विकास गरि बजार व्यवस्थापन गरेको छ ।त्यसैले बजार संचलनमा आए देखि पहिला बेच्ता भन्दा अहिले सहज भएको छ । भाउ आफैले बुझन पाईएको छ । पहिला व्यापारीले आफ्नै किसिमले मोल मोलाई गर्थे भने अहिले डिजिटल बोर्ड राख्नाले बजार भाउ अनुसार दिन पाएर कोहि पनि किसान  मारमा परेका छैनन् ।विचौलियाले हैरान बनाएको थियो त्यसबाट बचिएको छ । पहिला व्यापारीले आफैले जोखेर लान्थे भने अहिले समृद्धि द्बारा संकलन केन्द्रमा डिजिटल काँटा खरिद गरि राखिएको छ त्यसले गर्दा हामी ठगीमा परेका छैनौ एकरुपता भएको छ। पहिला व्यापारीले जोख्दा एक दुई के․जी बढी लान्थे भने अहिले त्यो समस्याबाट मुक्ति पाइएको छ । त्यति मात्र हैन अहिले नविक्ला  बारी मै कुहेर जाला भन्ने डर छैन । व्यापारी कतिखेर आउलान् भनेर कुरेर बस्नु पर्दैन समयको बचत भएर अन्य काममा सहजता मिलेको छ । साथै किसान कार्ड बनाएर सहकारी मार्फत सिस्टममा जानाले मल विउ ल्याउन सहज भएको छ । किसान कार्ड नहुने सदस्यलाई सहकारीबाट पाउने सेवा सुविधामा बञ्चित गरिएको छ ।अव यस ठाउँमा बाटो घाटोको पनि सुविधा भएको छ अव हाम्रा दुखका दिन गए डोकामा तरकारी बोकेर गुठ्ठीटार सम्म पुर्याईन्थ्यो  । समयको परिवर्तन सँगै हरेक कुरा सिस्टममा गएको छ र तरकारी खेतिवाट जिवन यापनमा पनि परिवर्तन आएको र आर्थिक रुपमा सुधार भएको छ  “समृद्धि” आयोजनाकै कारण तरकारीखेतीमै आत्मनिर्भर बन्न थप प्रेरणा मिलेको उनको भनाइ छ।त्यस्तै “समृद्धि” आयोजनाले वितरण गरेको कृषक डायरीमा आफ्नो व्यवसायको हर हिसाव राख्ने गरेकी छु । यस डायरीले गर्दा मेरो आम्दानि र खर्च कति भयो भन्ने थाहा भएकोले मलाई हर हिसाव राख्न सहज भएको छ उनि भन्छिन् ।

– लक्ष्मी घिमिरे, आर्थिक विकास सहजकर्ता धनकुटा











खगेन्द्र कार्की
प्रतिक्रिया