श्रीलाल आधारभूत विद्यालयको ४१औं स्थापना तथा अभिभावक दिवस सम्पन्न

दयाराम कटेल

मोरङ्ग। सुन्दरहरैचा स्थित वडा नं ५ मा रहेको श्री श्रीलाल आधारभूत विद्यालयले ४१ औं स्थापना तथा अभिभावक दिवस गत शुक्रबार सम्पन्न गरेको छ। स्कूल व्यवस्थापन समितिका अध्यक्ष जगनाथ कटेलको अध्यक्षतामा आयोजना भएको कार्यक्रम सुन्दरहरैचा वडा नं ५ का वडा अध्यक्ष गणेश चौधरीको प्रमुख आतिथ्यता तथा स्कूल व्यवस्थापन समितिका पूर्व अध्यक्ष  भीम प्रसाद पौडेल, पूर्व प्रध्यानाध्यापक टेक बहादुर तामाङ , सजीलाल स्कूल व्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्र ओझा लगायतको आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो।



उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दलमर्दन तिवारीले गरीब, जेहेन्दार तथा विपन्न विद्यार्थीलाई आगामी शिक्षण सहयोग गर्नका नीमित्व अक्षयकोष स्थापना गरिएको जानकारी दिएका छन्। उनले उक्त अक्षयकोषमा स्वर्गीय मोहन अधिकारी का नाममा उनका छोरा समिर अधिकारीले सहयोगार्थ रकम १५ हजार दिएको जानकारी पनि दिएका छन्। यस्तै पोडियम, फिल्टर जस्ता समाग्री पनि उक्त विद्यालयलाई सहयोग प्राप्त भएको जानकारी तिवारीले दिएका छन्। 



उक्त कार्यक्रममा विद्यालयले सञ्चालन गरको अतिरिक्त गतिविधिमा प्रथम, दृतिय र तृतीय छात्र, छात्रालाई साथै कक्षामा प्रथम, दृतिय र तृतीय हुने विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण पनि गरिएको छ। 


यस्तै तिवारीले विद्यार्थीहरुको अवस्थालाई परिवर्तन गर्न सबैले अभिभावकत्व ग्रहण गर्न जरुरी रहेको बताएका छन्। उनले राजनैतिक वितृष्णलाई त्यागेर स्कूलको अस्तित्व रक्षा गर्न सबै स्थानीयलाई आवहान गरेका छन्। 


स्कूल व्यवस्थापन समितिका अध्यक्ष जगनाथ कटेलले निजी विद्यालयका कारण सरकारी विद्यालय अर्थात् आधारभूत विद्यालयको अवस्था प्रति वर्ष खस्किदो रहेको बताएका छन्। उनले उक्त खस्किदो अवस्था आउनुमा सरकारले बनाएको नीति नै असफल रहेको बताएका छन्। कटेलले पठन पाठनमा गुणस्तरीयता मजबूत बनाउने हो र शिक्षण गराउने शैलीमा परिवर्तन गरी दिगो समाजको रणनीतिमा काम गर्दा विद्यालयले उचाइ लिने विश्वास व्यक्त गरेका छन्। 

दयाराम कटेल
प्रतिक्रिया