इटहरी । जंगली जनावरलाई आवश्यक पर्ने खाद्यान्न जंगलभित्र उत्पादन गरियो भने मानिवसलाई दुःख नदिने रहेछ भन्ने प्रमाािण्त बेलबारमिा दmुख दिने हात्तिले गरिदिएका छन् । बेलबारीका विभिन्न गाउँमा पसेर विध्वंस मच्चाउने हात्तिका लागि लक्ष्मी सामुदायिक वन उपभोक्ता समिति बेलबारी ११ ले हात्ति आउने हरेक गौडामा केराका घरीसहित लगेर फ्याली दिएपछि हात्ति गाउँमा नपसेको वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले बताए ।
कोशी प्रदेशका झापा, मोरङ र सुनसरीसहित ३ जिल्लामा करिब एक महिनादेखि हात्तीले विभिन्न गाउँबस्तिहरुमा आतंक मच्चाईरहेको छ । खास गरेर भारतबाट आएका हात्तीले यि गाउँ बस्तिहरुमा दुःख दिने गरेका छन् । तिनै हात्तिले बेलबारीमा पनि दुःख दिएका हुन् । हात्ती आउने ३ गौँडामा लगेर १ ट्याक्टर केराका घरीसहितका बोट फालेको अध्यक्ष गौतमले बताए । २१ हजार मूल्यमा किनेर लगेर हात्ती पस्ने बाटोको मुखमा फालेको उनको भनाई छ ।
‘हिजो हामीले केरा घरी सहितका बोट लगेर फालेका थियौ राति गाउँमा हात्ती आएनन्,’ गौतमले भने ‘जंगलमा गएर हेर्दा केरा खाएका छन् ।’ आज राती हात्ती आए भने भोली फेरी केराको बोटहरू जंगलमा लगेर फाल्ने गौतमले योजना सुनाए । हात्तिको डरले स्थानीय बासिन्दाहरू रातभरि आगो बालेर जाग्राम बस्ने गरेको पनि उनले सुनाए ।
हात्तीको आक्रमणबाट १ महिनामै झापा, मोरङ र सुनसरी गरी ३ जिल्लामा ५ जनाको ज्यान गइसकेको छ । यी ३ जिल्लामा गत साउन यता ५० भन्दा बढी हात्ती आक्रमणका घटना भएका छन् । हात्तीको आक्रमणबाट झापा, मोरङ, सुनसरीसहित उदयपुर र इलाममा समेत गरी ३७ लाख ८५ हजार २०० मूल्य बराबरको जनधनको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
भारतको आसामबाट झापाको बाहुनडाँगी हुँदै मोरङको जंगल क्षेत्रबाट झण्डै ३७ वटा हात्तीको समूह पसेको विवरण डिभिजन वन कार्यालयको छ । बेलबारी नगरपालिकाले ड्रोनमार्फत हात्ती खेदाउन थालेको छ । हात्ती नियन्त्रणका लागि युवाहरूले रात्रि गस्तीसमेत गर्ने गरेका छन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो