सुनसरी। इटहरी ४ स्थित सेतो बंगला एकेडेमीमा गत शुक्रबार सम्पन्न मतदान अर्थात् चुनावको नतिजा सार्वजनिक भएकाे छ। चुनावमा उर्जा सुवेदी स्कुल क्याप्टेन तथा स्कुल भाईस क्याप्टेनकाे रुपमा अन्सु लिम्बू बिजय भएकी छन्।
विभिन्न समयमा सामाजिक तथा शैक्षिक गतिविधिलाई निरन्तर समाज सँग जोड्न प्रयत्न राखेको सेतो बंगला एकेडेमीले हाल निर्वाचनका माध्यमबाट विद्यार्थीलाई विद्यालयको हितका निमित्व विद्यार्थी प्रतिनिधि चुन्न यो अभ्यास गरेको विद्यालयका प्राचार्य कविता लम्सालले जानकारी दिएकी छन्। यो चुनाव विशेष गरी विद्यार्थीले विद्यार्थीहरुको नेतृत्व गर्दै उनिहरूका हक हित साथै समस्या समाधानमा प्रशासन सँग जोडिने गरी काम गर्ने कुरामा लम्साल विस्वस्त छिन्। उनले भविष्यमा समाज तथा सामाजिक नेतृत्व गर्न सक्ने प्रतिनिधिलाई चुन्न यो अभ्यास महत्वपूर्ण रहेको समेत बताएकी छन्।
स्कुल प्रशासनका अनुसार रेड हाउसकाे क्याप्टेनमा जेनिष चाैधरि तथा भाईस क्याप्टेनमा जस्मिन लिम्बू विजयी भएका छन्। ब्लु हाउकाे क्याप्टेनमा माेनिका श्रेष्ठ र भाइस क्याप्टेनमा युनिका राई चुनिएका छन् भने ग्रिन हाउसमा संङ्गमु सेर्पा हाउस क्याप्टेन र उन्नति कार्कि भाइस क्याप्टेनमा निर्वाचित भएका छन्। युनिस राई एल्लाे हाउस तर्फकाे क्याप्टेन भएका छन्न भने कविता खाङ्ग भाईस क्याप्टेनमा निर्वाचित भएकि छिन्।
यस्तै हाल विजयी प्रतिनिधिले विद्यालयमा भएका गतिविधिलाई नियाल्दै विद्यालयका शैक्षिक गतिविधिलाई निरन्तर गतिशील बनाउने कार्यमा निरन्तरता दिने छन्।
दयाराम कटेल
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो